स्याङ्जा चेम्बरको अधिबेशन सम्पन्न, अध्यक्षमा गुरुङ

आँधिखोला सेरोफेरो समाचार समाज

स्याङजा चेम्बर अफ कमर्श पुतलीबजार नगरपालिका १ को छैटौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । सोही अधिवेशनले श्रीबहादुर गुरुङको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा नारायण प्रसाद अधिकारी राजु, उद्योग तर्फको उपाध्यक्षमा सुन्दर प्रसाद श्रेष्ठ, महिला उपाध्यक्षमा धनकुमारी थापा, वाणिज्य तर्फको उपाध्यक्षमा रुद्रबहादुर विश्वकर्मा, जिल्ला नगर तर्फको उपाध्यक्षमा डा. बसन्त पंगेनी, महासचिवमा ओमप्रसाद पौडेल, सचिवमा पिताम्बर गौतम प्रकाश, सहसचिव देवी अधिकारी, कोषाध्यक्षमा गणेश पौडेल र सहकोषाध्यक्ष विमला नेपाल अर्याल चयन हुनुभएको छ । त्यसैगरी समितिको सदस्यहरुमा रेवतीपाध्या रेग्मी, अच्युत प्रसाद पोख्रेल, शितल जंग केसी, सुनिता श्रेष्ठ, सरोज केसी, विवेक गोदार, प्रकाश पौडेल, मन्दिरा श्रेष्ठ, राधाकृष्ण शर्मा, सुवास खाती र मिन प्रसाद अर्यालय छनौट हुनुभएको निर्वाचन अधिकृत अधिवक्ता टंकप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

कार्यक्रममा पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मीले वर्तमान सांसदहरु र सरकारले सिद्धार्थ राजमार्गको स्तरोन्नती गरेमा व्यवसायीहरुलाई राहात हुने बताउनुभयो । उहाँले वर्तमान सरकारले धेरैलाई दुख दिएको बताउदै प्रधानन्याधीस न्यूक्तिमा त्रुटी गरेको बताउनुभयो । कार्यक्रममा संस्थाकी केन्द्रिय सदस्य तथा संस्थापक अध्यक्ष नन्दकुमारी लम्साल, राष्ट्रिय स्वतन्त्र पार्टी स्याङजाका प्रतिनिधी गुरुप्रसाद ढकाल, नेपाली कांग्रेस स्याङजाका प्रतिनिधी नवराज सुवेदी, नेकपा एमाले स्याङजाका उपाध्यक्ष महेश पुरी, पुतलीबजार नगरपालिकाका निर्वतमान नगरप्रमुख सिमा क्षेत्री, स्याङजा जिल्ला उद्योग वाणिज्य संघका महासचिव रविन्द्र केसी र नेपाल पत्रकार महासंघ स्याङजाका पूर्व अध्यक्ष ओमप्रकाश शर्मा लगाएतले अधिवेशनको सफलताको सुभकामना मन्तव्य राख्नुभएको थियो ।

संस्थाका निवर्तमान अध्यक्ष लोकनाथ रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन निवर्तमान महासचिव ऋषिराम पौडेलले गर्नुभएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *