लक्ष्मी स्मृती सामुदायीक पुस्तकालयको अधिवेशन सम्पन्न

आँधिखोला सेरोफेरो समाचार समाज

संघिय साम्सद नारायण प्रसाद मरासिनीले सदमुकाम पुतलीबजारमा स्थापीत लक्ष्मी स्मृती सामुदायीक पुस्तकालय, रेडियो स्याङजा र स्याङजा टेलिभिजनको सबै मिलेर संरक्षण गर्नुपर्ने बताएका छन् ।

पुुस्तकाल, रेडियो र टेलिभिजनको आठौं साधारण सभा एवम् अधिवेशनको सिटीहलमा उद्घाटन गर्दै मरासिनीले संचार माध्यम समुदायको उत्पादन भएको बताउदै प्रत्यक्ष अप्रत्यक्ष धेरैलाई रोजगारी दिएको बताए । उनले पुस्तकालय, रेडियो र टेलिभिजनले समाजमा राम्रो छाप छाडेको बताउदै संस्थालाई राम्रो बनाउन आफुले सधै समय दिने बताए ।

कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य सिमाकुमारी क्षेत्री, नेकपा एमाले स्याङजाका उपसचिव तथा आँधिखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेल, नेपाली कांग्रेस स्याङजाका प्रवक्ता भरत प्रसाद लम्साल, माओवादी केन्द्रका नारायण प्रसाद लम्साल, एकिकृत समाजवादीका लोकराज शर्मा, राष्ट्रिय जनमोर्चाकी हिरामती साही र प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले पुस्तकालय, रेडियो र टेलिभिजनका माध्यमबाट धेरै नागरिक सुसुचित भएको बताए । उनीहरुले सामुदयीक लक्ष्मी स्मृत पुस्तकालयद्धारा संचालित रेडियो र टेलिभिजनलाई थप नयाँ नयाँ कार्यक्रम मार्फत जनभावना अनुसार काम गर्न सुझाव दिएका थिए ।

सोही कार्यक्रममा जिल्ला विकास समिति पूर्व सभापति रामबहादुर थापा, इन्जीनियर ओमनारायण शर्मा, बरिष्ठ अधिवक्ता तथा संस्थाका सल्लाहकार तुलसी गिरी, चेम्बर अफ कमर्शका सहासचिव लोकनाथ रेग्मी, उद्योग वाणिज्य संघका महासचिव रामचन्द्र नेपाल, नेपाल रेडक्रस सोसाईटिका केन्द्रिय सदस्य चन्द्रमणी पौडेल, घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष मित्रबन्धु पोख्रेल, नेपाल रेडक्रस सोसाईटी स्याङजा शाखाका सभापति दिनेश अर्याल, शित भण्डार सहकारीका अध्यक्ष अनन्तकुमार श्रेष्ठ र नेपाल पत्रकार महासंघ स्याङजाका अध्यक्ष श्रीकृष्ण सिग्देल लगाएतले मन्तव्य राखेका थिए ।

संस्थाका अध्यक्ष अनन्तराज मरासिनीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको संचालन सचिव धुर्वबन्घु पौडेलले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष वेदप्रसाद दोरङ्गाले राखेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष मरासिनीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष संघ ताम्राकारले आर्थिक प्रतीवेदन प्रस्तुत गरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *