



गल्याङ नगरपालिकाका पूर्व नगरप्रमुख समेत रहेका जिल्ला कमिटी सदस्य भुपराज अधिकारीलाई नेकपा एमाले स्याङजाले कारबाही गरेको छ । गएको स्थानिय तहको निर्वाचनमा आफ्नै पार्टीका उमेद्वार जिल्ला अध्यक्ष समेत रहेका सुर्यप्रसाद गैह्रे पारसलाई अन्तर्घात गरेको आरोपमा अधिकारीलाई कारबाही गरेको हो ।
अधिकारीलाई ६ महिनाका लागि पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरेको एमाले स्याङ्जाले जनाएको छ । दुईपटकसम्म सोधिएको स्पष्टीकरणको जवाफ नआएपछि अधिकारीलाई पार्टीले कारबाही गरेको एमाले स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैरे पारसले एक विज्ञप्ती मार्फत जानकारी दिएका छन् ।

एमाले स्याङजाले असार २० गते ३ दिन भित्र पेश गर्नेगरी र असार २८ गते २ दिन भित्र पेश गर्नेगरी स्पष्टीकरण सोधेको जनाएको छ । गल्याङ नगरपालिकास्तरीय समीक्षा बैठकमा उठेको विषय र अन्य धेरै प्रमाणहरुका आधारमा अधिकारीमाथि गम्भीर सवालहरु उठेको भन्दै एमालेले स्पष्टीकरण सोधेको भए पनि यसमा कुनै प्रतिक्रिया नजनाएको अध्यक्ष गैह्रेको भनाई छ । गल्याङमा जिल्ला अध्यक्ष गैरेले मेयरको टिकट पाएपछि निवर्तमान मेयर अधिकारी असन्तुष्ट रहेको बाहिर आएको थियो ।


राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।
