



स्वावलम्बन जिवन पद्धति केन्द्र पोखराको आयोजनामा एक कार्यक्रमका विच पुतलीबजार नगरपालिकाको सभाहलमा हाइटेक शैक्षिक सामाग्री वितरण गरिएको छ । नेपालमा उपलब्ध पहुँचयुक्त शैक्षिक सामग्रीको विस्तार परियोजना अन्तरगत शैक्षिक सामाग्री वितरण गरिएको हो ।
हाइटेक शैक्षिक सामाग्री वितरण गर्दैै गण्डकी प्रदेशका शिक्षा मन्त्री मेखलाल श्रेष्ठले प्राप्त सामाग्रीहरुको सहि सदुपयोग गर्न अनुरोध गरे । उनले ग्रामणी क्षेत्रमा शिक्षाको पहुच कम रहेको बताउदै वितरण भएका शैक्षिक सामाग्रीहरुले थप टेवा पुग्ने बताए । आवश्यकता अनुसार गाउँगाउँमा सहयोग पु¥याउने बताउदै कोही पनी शिक्षाबाट बन्चीत हुन नहुने जिकिर गरे ।

कार्यक्रममा अर्जुनचौपारी गाउपालिकाका शिक्षा शाखा प्रमुख ख्यामनारण काफ्ले र सरस्वाती माविका शिक्षक सरिता रेग्मी लगाएतले मन्तव्य राखेका थिए । कार्यक्रममा जिल्लाका पुतलीबजार, वालिङ, गल्याङ नगरपालिका र अर्जुनचौपारी गाउँपालिकाका विभिन्न १८ विद्यालयलाई स्मार्ट टिभी र ट्याव वितरण गरिएको थियो ।

पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन संस्थाका अध्यक्ष हेम गुरुङले गरेका थिए भने वल्ड एजुकेसनका सुरेश भण्डारीले स्वागत मन्तव्य राखेका थिए ।

राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।
