



सूर्याेदय क्लब बाड्खोलाको २४ औ साधारण सभा पुतलीबजार नगरपालिका ३ बाडखोलामा सम्पन्न भएको छ । कार्यक्रममा गैरसरकारी सस्था महासंघ स्याङजा शाखाका अध्यक्ष गोविन्द प्रसाद शर्माले अन्य क्लबहरुले समाजमा रचनात्मक कार्य गर्नुपर्ने बताउदै सुर्योदय क्लबले रचनात्मक कार्य गर्दै आएको बताए ।
उनले अन्य क्लबहरुले पनि सुर्याेदय क्लबले जस्तै कामहरु गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष रविन्द्र प्रसाद श्रेष्ठ र सूर्याेदय सहकारी संस्थाका अध्यक्ष हुमबहादुर कुमाल लगाएतले मन्तव्य राखेका थिए ।

सूर्याेदय क्लबका अध्यक्ष अनन्तकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव एकबहादुर गोदार रमेशले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष बलराम दोरंगाले राखेका थिए । कार्यक्रममा बार्षिक प्रतिवेद अध्यक्ष श्रेष्ठले राखेका थिए थियो भने लेखा प्रतिवेदन कोषाध्यक्ष देवी नेपालीले प्रस्तुत गरेकी थिइन् ।

सभाले आर्थिक वर्ष २०७९।८० का लागि ४ करोड ४ लाख ६४ हजारको बजेट तथा कार्यक्रम पारित गरेको छ भने भ्रष्टाचार विरूद्द नीति २०७९ पारित, कर्मचारी प्रशासन नीति संसोधन, बिधान संसोधनका प्रस्तावहरू पारित गरिएको थियो ।

राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।
