



पुतलीबजार नगरापलिका र संयूत्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) को आर्थिक तथा प्राविधिक सहयोग र सूर्योदय क्लबको व्यवस्थापनमा संचालित हरित पुनरुत्थान तथा कोभिड १९ प्रतिकार्य पहल कार्यक्रम अन्तर्गत ३ दिने व्यवसायिक तरकारी खेति तालिमको सम्पन्न भएको छ ।
नगर प्रवत्ता मनोज पौडेलले पुतलीबजारलाई तरकारीमा आत्मनिर्भर बनाउने अभियान भएको बताए । क्लवका अध्यक्ष अनन्त कुमार श्रेष्ठले ब्यवसायिक तरकारी खेतिको ब्यापकता, न्युनतम समर्थन मूल्य समेत किसानलाई दिई तरकारीमा निर्यात उन्मुख नगर हुने बताए ।

समापन कार्यक्रममा किसान पार्वति श्रेष्ठ, कृषि शाखा प्रमुख सुवास ढकाल लगाएतले मन्तव्य राखेका थिए । छनौट भएका २५ व्यवसायिक किसानहरूलाई ६ मिटर चौडा र १२ मिटर लम्बाईको आईरन टनेल, बीउ विजन र प्रविधि उपलब्ध गराईने कार्यक्रम संयोजक पुजा अर्यालले जानकारी दिईन् ।


राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।
