एमाले पहिलो ठुलो पार्टी बन्ने ः नेता श्रेष्ठ

आँधिखोला सेरोफेरो राजनीति समाचार समाज

नेकपा एमाले गण्डकी प्रदेश सचिवाल सदस्य डा. बुद्धिमान श्रेष्ठले आगामी निर्वाचनमा नेकपा एमाले पहिलो ठुलो पार्टी बन्ने बताएका छन् । गठबन्धनका नाममा कामचलाउ सरकारले सिंको समेत भाच्न नसकेको बताउदै एमाले सरकारले ल्याएका योजनाहरु काटेर काम गर्न नसकेकोमा जनताले एमालेलाई ठुलो पार्टी बनाउने बताएका हुन् ।

प्रेस चौतारी स्याङजाले चापाकोटमा आयोजना गरेको भेटघाट कार्यक्रममा उनले सबैलाई नेता मान्ने बताउदै राम्रो कामका लागि कांग्रेसका नेताहरुलाई पनि सम्झनु पर्ने बताए । उनले चापाकोट लगाएत स्याङजाको विकासका लागि नेताहरु मिल्नुकोे विकल्प नरहेको बताए ।

युवाहरुको ढुकढुकी समेत रहेका डा. श्रेष्ठले पछिल्लो समयमा गल्याङ चापाकोट सडक र मिर्दी जगतभञ्याङ हुदै चापाकोट सडकको स्तरोन्नति एमालेको सरकारले गरेको बताए । श्रेष्ठले आफ्नो पहलमा गाउँगाउँमा खानेपानीका योजनाहरु पु¥याएको बताउदै विकास निर्माण कांग्रेसले भन्दा एमालेले वढी गरेको समेत बताए ।

भेटघाट कार्यक्रम प्रेस चौतारी स्याङजाका अध्यक्ष शुसिल सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *