स्याङजाको पेट्रोल पम्पमा प्रशासनको सिल

आँधिखोला सेरोफेरो समाचार समाज

मिसावट पेट्रोल विक्रि वितरण गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय स्याङजाले नेपाल पेट्रोलियम सप्लायर्सलाई सिल गरेको छ । सेवाग्राहीको गुनोसा आएपछी प्रसाशनले पुतलीबजार नगरपालिका ३ बाड्खोलामा रहेको पम्पशिल गरेको हो ।

तेलका कारण सवारी साधनहरुमा खराबी आएको गुनासो आएपछी पम्प शिलगरिएको प्रशासनले जानकारी दिएको छ । पम्पशिल गरी दक्ष प्राविधिक मार्फत अनुसन्धान भैरहेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए । विक्री वितरण गरिएको नमुना स्वारुप तेल अनुसन्धानका लागि परिक्षण केन्द्रमा पठाईएको प्रशासनले जानकारी दिएको छ ।

अनुसन्धान पछि दोषी देखीए कानुनी कारबाही अगाडी बढाईने प्रजीअ क्षेत्रीले बताए । अनुसन्धानका लागि पेट्रोल परिक्षण केन्द्रमा पठाईए सगै डिजेलको विक्रि वितरण भने शुरु भएको छ । पेट्रोलको रिपोट नआए सम्म पेट्रोलको विक्रीवितरण बन्द रहने छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *