विरुवामा मिसन ग्रासरुट अभियान सम्पन्न, योद्धाहरुलाई सम्मान

आँधिखोला सेरोफेरो राजनीति समाचार समाज

नेकपा (एमाले) विरुवा गाउँ कमिटीको आयोजनामा मिसन ग्रासरुट अभियानको समापन तथा अग्रज कम्युनिष्ट योद्धाहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ। अभियानका केन्द्रिय प्रतिनिधि एवं पार्टी पोलिटब्युरो सदस्य लिला बहादुर थापा मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा पोलिटब्युरो सदस्य थापा मगरले नेकपा एमाले निर्माणमा थुप्रै योद्दाहरुको योगदान रहेको चर्चा गर्दै उहाँहरुका योगदानलाई पार्टीले हरक्षण शिरमा राखेर अगाडि बढ्ने र नयाँ पुस्ताले समेत त्यसबाट शिक्षा लिनु पर्ने बताए ।

कार्यक्रममा गण्डकी प्रदेश उपसचिव रश्मि आचार्यले पन्चायत सरकारले पुष्पलालको अस्तु देश भित्र ल्याउन रोक लगाएको समयमा त्यो कठिन दायित्व वहन गरेर संकटको समयमा कम्युनिष्ट आन्दोलनमा दिएको योगदान स्वर्ण अक्षरले लेखिएको चर्चा गर्दै बिरुवाका अग्रजहरुको योगदान सबैका लागि प्रेरणादायी श्रोत रहेको बताए ।

कार्यक्रममा प्रदेश सचिवालय सदस्य चुन प्रसाद शर्मा, जिल्ला सचिवालय सदस्य सुर्य बहादुर कुँवरले मन्तब्य राखेका थिए । पालिका अध्यक्ष प्रकाश थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न कार्यक्रमको सन्चालन पालिका सचिव गोपाल कोइरालाले गरेका थिए भने स्वागत मन्तव्य उप सचिव सितल जंग केसीले राखेका थिए । कार्यक्रममा पालिकाका ८ बटै वडाका ९३ जना अग्रज योद्धाहरूलाई सम्मान गरिएको थियो।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *