अर्जुनचौपारीमा निर्माण गरिएको हेलीप्याड हस्तान्तरण

आँधिखोला सेरोफेरो समाचार समाज

अर्जुन चौपारीमा गाउँपालिका १ अर्जुनचौपारी बजारमा निर्माण गरिएको हेलीप्याड एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ । पोखरा एयरपोर्ट पछाडी गण्डकी प्रदेशकै सबै भन्दा ठुलो हेलीप्याड नेपाली आर्मी समरजीत गुल्मको प्राबिधिक तथा श्रमदानमा र अर्जुन चौपारी गाउँपालिकाको आर्थिक ब्यवथापनमा निर्माण भएको हो ।

हेलीप्याड गाउँपालिका अध्यक्ष प्रकाश तिवारीलाई गुल्मका गुल्मपति सेनानी हरि प्रसाद भट्राईले हस्तान्तरण गरेका हुन् । जोखिमको बेला उद्धारमा टेवा पु¥याउने हेतुले आर्मीसगँ सहकार्य गरेर हेलिप्याड निर्माण गरिएको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए ।

पहुचबाट बाहिर रहेकालाई बिपतमा उद्धार गर्ने र आर्मीको नागरिकसगँ सम्बन्ध सुमधुर बनाउन बनाउन हेलीप्याडमा पालिकासगँ सहकार्य गरिएको सुरक्षा समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताए । पालिकाको तप्परताले जिल्लामा पहिलो हेलीप्याड बनेको बताउदै घिमिरेले अन्यठाउँमा आवश्यकता भए आर्मीले सहयोग गर्ने बताए ।

नेपाली आर्मीका क्याप्टेन धन बहादुर तामाङको नेतृत्वमा दैनिक २० जनाको श्रमद्धानमा २० दिनमा हेलीप्याड निर्माण सकिएको थियो । ७ लाख ३३ हजार ४ सय ५९ रुपियाँको लागतमा हेलीप्याड निर्माण हो । ६० फिट लम्बाई र ६० फिट चौडाइ तथा डेढ फुट ढलान हेलीप्याड कास्की बाहेकको बाहिरी जिल्लामा रहेका मध्ये सबै भन्दा ठुलो हो ।

हेलीप्याडमा चाडैनै आर्मीको हेलिकोप्टर अवतरण गरेर परिक्षण गर्ने गुल्मले जनाएको छ । पालिकाका अध्यक्ष तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रको संचालन अर्जुचौपारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उज्वलबहादुर बस्नेतले गरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *