सामाजिक सुरक्षा कोषमा आवद्ध हुने पहिलो पालिका फेदिखोला

आँधिखोला सेरोफेरो समाचार समाज

फेदिखोला गाउँपालिका अनौपचारिक तथा स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुने देशकै पहिलो पालिका बनेको छ । तीन बर्ष पहिला सार्वजनिक निर्माणको काममा सूचीकृत भएका मजदुरलाई ‘मजदुर सञ्चितकोष ’ मार्फत टेवा पु¥याएको फेदिखोला गाउँपालिका पहिलोपटक ‘अनौपचारिक र स्वरोजगार क्षेत्र सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७९’ अनुसार सामाजिक सुरक्षा कोषमा आबद्धता जनाएको हो ।

गत मङसिर २५ गतेदेखि कार्यबिधि कार्यान्वयनमा आए पनि बुधबार मात्र फेदिखोला गाउँपलिकाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्र्तगतको सामाजिक सुरक्षा कोषबीच सम्झौता गरेको हो । सुरक्षा कोष र फेदीखोला गाउँपालिकाबीच अनौपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षा योजना सञ्चालनमा कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवाली र गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीबीच सम्झौता भएसँगै यहाँका अनौपचारिक क्षेत्रका श्रमिकलाई लाभ पुग्ने भएको हो ।

अनौपचारक श्रमिकलाई कोषमा आवद्ध गर्ने, योगदान रकम संकलन गर्ने र ऐन, नियमावली र कार्यविधि बमोजिम सरकारको तर्फबाट सह–योगदान गर्ने सम्बन्धमा दुई पक्षबीच समझदारी भएको हो । समझदारी पत्रमा पालिकाको तर्फबाट ६ बुँदा कार्यान्वयन गर्ने र कोषका तर्फबाट तीन बुँदा कार्यन्वयन गर्ने सहमति भएको हो । बिगतमा सरकारले औपचारिक क्षेत्रका श्रमिकको मात्र सामाजिक सुरक्षा योजना सञ्चालन गरेको बताउदै गाउँपालिका अध्यक्ष सुबेदीले अनौपचारिक क्षेत्रको पहलो आफ्नो पालिका भएको बताए ।

अब सम्झौता अनुसार श्रमिक सूचीकरण भएपछि कार्यान्वयनमा जाने बताउदै सुबेदीले मजदुर सञ्चित कोषमा आवद्ध ७१४ जना श्रमिकलाई अनौपचारिक तथा स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्धता गर्ने बताए । यसअघि फेदिखोलाले मजुदरको १५ प्रतिशत र पालिकाको १५ प्रतिशत रकम मजदुर सञ्चित कोषमा जम्मा गर्ने काम गरेको थियो ।

सरकारले तोेका न्युनतम आधारभुत पारिश्रमीकको ९.३७ प्रतिशत पालिकाले र मजदुरको ११ प्रतिशत गरी २०।३७ प्रतिशत अर्थात एक हजार ९१२ रुपियाँ सामाजिक सुरक्षाकोषमा योगदान गर्नुपर्ने छ । स्वरोजगारमा रहेका ब्याक्तीले न्युनतम परिश्रमिकको ३१ प्रतिशत देखि तीन गुणा कोषमा योगदान गरी कार्यबिधि अनुसारको सुबिधा लिन पाउने ब्यवस्था रहेको छ ।

कार्यबिधिमा नियमित योगदान गर्ने योगदानकर्ताले औषधी उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित था बृद्ध अवस्था सुरक्षा योजनाबाट सेवा समेत पाउने छन् । सामाजिक सुरक्षा कोष आफ्नो पालिकाको सञ्चित कोष भन्दा बृहत रहेको बताउदै सुबेदीले यो सरकारको प्रयास मजदुरको सुरक्षाको लागि गरिएको सफल काम भएको बताए । काम चुनौति पुर्ण रहेको बताउदै पुरानो अनुभबको आधारमा काम अगाडी बढाएको सुबेदीले बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *