सेवाग्राहीलाई दुःख दिदै एनआईएमबी बैंक स्याङजा शाखा

अर्थ आँधिखोला सेरोफेरो समाचार समाज

पुतलीबजार नगरपालिका–१, प्रगतिनगरमा रहेको नेपाल इनभेष्टमेण्ट मेगा बैंकले आफ्ना सेवाग्राहीहरुलाई दुःख दिने गरेको पाईएको छ । एनआईएमबी बैंक स्याङजा शाखाले सेवाग्राहीको काम समयमा नगरिदिने, रोक्का फुकुवा गर्न अनावश्यक दुःख दिएको पाईएको हो ।

नेपाल उद्योग वाणिज्य संघका पूर्व केन्द्रिय सदस्य विक्रान्त कुमार श्रेष्ठले आफुलाई नेपाल इनभेष्टमेण्ट मेगा बैंकले धेरै दुख दिएको बताए । आफुले नेपाल इनभेष्टमेण्ट मेगा बैंकको कर्जा समयमै तिर्दा समेत पत्रिकामा सूचना प्रकाशन गरी मानहानी गरेको उनले बताए । समाजसेवी समेत रहेका श्रेष्ठले कर्जा चुक्ता गर्दा पनी जग्गा फुकुवा नगरी दिएको जानकारी दिए ।

यस बारे स्याङजा शाखाका प्रबन्धक प्रविन श्रेष्ठलाई प्रश्न राख्दा यस बारे बोल्न नमिल्ने प्रतिकृया दिए । प्रबन्धक श्रेष्ठले बैंकको प्रधान कार्यालयमा सूचना शाखा रहेको त्यसै सूचना शाखामा गएर जानकारी लिन आग्रह गरे । त्यसैगरी नेपाल इनभेष्टमेण्ट मेगा बैंक गण्डकी प्रदेशका प्रमुख छविन्द्रनाथ शर्माले सेवाग्राही श्रेष्ठको तिनवटा ऋण खाता रहेको बताउदै सबै ऋण चुक्ता नगरे सम्म कुनै पनि जग्गा फुकुवा नहुने बताए ।

बैंकका प्रवन्धक श्रेष्ठले रोक्का जग्गा फुकुवा गर्ने प्रकृया अगाडी बडाउने आश्वासन दिए पश्चात सेवाग्राही श्रेष्ठकी श्रीमती कल्पना श्रेष्ठले २३ लाख खोजी ऋण चुक्ता गरेकी थिईन् । रोक्का जग्गा फुकुवा गर्ने बताए पश्चात आफुले २३ लाख खोजी ऋण चुक्ता गरेको उनले बताईन् । यो घटना उदाहरणीय एक घटना हो । बैंकले सेवाग्राहीलाई दुःख दिन थालेपछी केही सेवाग्राहीले अन्य बैंकमा आफ्नो कारोबार सारेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *