जिल्ला समन्वयको भवनमा अन्तराष्ट्रिय समन्वय समितिको कार्यालय स्थापना

आँधिखोला सेरोफेरो समाचार समाज

सृजना सुवेदी

जिल्ला समन्वय समिति स्याङ्जाको भवनमा एक कार्यक्रमका विच स्याङजा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिको केन्द्रीय कार्यालयको उद्घाटन गरिएको छ । स्याङजा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिले गरेका रचनात्मक कार्यहरु बाहिर ल्याउने उद्देश्यले कार्यालयको उद्घाटन गरिएको हो ।

स्याङजा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिको जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जीटीले उद्घाटन गरेका हुन् । उनले कार्यालयको उद्घाटन गर्दै संस्थाले राम्रो काम गरेकोमा प्रशंसा गरे । स्याङजा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिले धेरै दिन दुःखीलाई सहयोग गरेको बताउदै जिल्ला समन्वय समिति र स्याङजा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिको सहकार्यमा उदाहरणीय कार्य गरिने बताए ।

कार्यक्रममा उपप्रमुख खडगराज सुवेदी, भूमि आयोग स्याङ्जाका अध्यक्ष शोभाखर ढकाल, गरिमा विकास बैंकका प्रमुख चिरन्जीवी अर्याल, संस्थाका संरक्षक खेम काफले र राजेशदर्शन अर्याल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

समाजका अध्यक्ष टुकराज अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युवा संयोजक ओमकार पोखरेलले स्वागत एवं सदस्य चिरन्वी ढकालले संचालन गरेका थिए । सोही कार्यक्रममा समाजका अध्यक्ष टुकराज अर्यालले हाल सम्म समाज स्याङजा जिल्लामा ८ करोड रकम सहयोग गरेको बताए । उनले आवश्यक परेको ठाउमा अझै सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *