

जिल्ला प्रहरी कार्यालय कास्की माताहतमा रहेको वडा प्रहरी कार्यालय बैदाममा कार्यरत प्रहरी नायव निरीक्षक शेरबहादुर केसीले गुण्डागर्दी शैलीमा काम गर्नेगरेको खुलासा भएको छ । प्रनानि केसीले बैदाम प्रहरीको कार्यक्षेत्र लेकसाईडमा मदीरा सेवन गरि साथीको मोवाईलमा फोन गरि तथानाम बोली प्रहरी कार्यालयमा ल्याई अभद्र व्यवहारको मुद्धा दर्ता गरि दुख दिने गरेको पाईएको हो ।
प्रसनीबाट प्रनानीमा वडुवा भएर दारु पाटीको आयोजना गरी सोही पाटीमा सहभागी भएका प्रनानी केसीले आफ्नो फोनमा पटक पटक फोन गरेको केसीका साथी आकाश काफ्लेले जानकारी दिए । वडा प्रहरी कार्यालय बैदामले एक जनालाई मात्रै मुदा दर्ता गर्नुभन्दा मदिराले मातेका प्रनानी केसी, उनका साथी काफ्ले र लफडामा सहभागी शिव गुरुङ गरी तिनै जनालाई मुद्धा दर्ता गर्नुपर्ने थियो तर त्यसो नभई सई केसीको इशारामा गुरुङलाई मात्रै अभद्र व्यवहारमा मुदा दर्ता गरिएको थियो ।

समाचारमा उल्लेखीत घटनामा आफु सहभागी नभएको प्रनानी केसीले जानकारी दिए । उनले आफुले पाटीको आयोजना पनि नगरेको र मंसिर २९ गते राती गुरुङले आफुलाई पटक पटक फोन गरेर तनाव सहित दुख दिएको बताए । प्रनानी केसीले अनुसन्धान गर्न भन्दै पहिल्यै चोरी केशमा ४ वर्ष जेल सजाय भुक्तान गरिसकेका तनहुको डुम्रेबाट एक मानिसलाई ट्याक्सीको डिक्कीमा राखेर बैदाम ल्याएर दुख दिएका छन् । त्यसैगरी उनले लेकसाईडमा अवेर सम्म पसल खेलेको आरोपमा होटलका म्यानेजरलाई हिरासतमा लिएका थिए ।

यस घटना तथा सम्बन्धीत अन्य घटनाबारे आफुलाई केही थाहा नभएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरिक्षक राजेन्द्र श्रेष्ठले बताए । प्रनाउ श्रेष्ठले आफुलाई थाहा नै नदिई प्रनानी केसीले म्याद थपको लागि प्रकृया अगाडी बढाउने गरेको जानकारी दिए । पछिल्लो समय वडा प्रहरी कार्यालय बैदामले आफ्नो कार्यक्षेत्र भित्र केही राम्रा कामहरु गरेपनि लेकसाईडका व्यवसायीहरुलाई अनावश्यक दुख दिने गरेको उनै व्यवसायीहरुको भनाई रहेको छ ।
प्रहरीले एक केशमा ल्याउने र अर्कै केशमा मुद्धा दर्ता गर्नेगरेको समेत पाईएको छ । प्रहरीले दैनिक रुपमा ३० देखी ४० जनाको संख्यामा अपराधीहरु समाउने गरेको तथ्यांक रहेको छ । प्रहरीको हिरासत सानो तथा साघुरो हुदाँ सुत्न समेत नमिल्ने ठाउमा की बस्नु पर्ने, की उठ्नुपर्ने बाध्यता रहेको छ । त्यतीमात्रै नभएर हिरासतमै मदिरा र गाजाको समेत प्रयोग हुने गरेको नाम उल्लेख नगर्ने शर्तमा एक थुनुवाले बताए ।

राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।
