करदाता सेवा कार्यालय पुतलीबजार स्याङजाको आयोजनामा वित्तिय साक्षरता एवम् कर सचेतनामुलक कार्यक्रम पुतलीबजार नगरपालिकाको शहिदचोकमा सम्पन्न भएको छ । गरिमा विकास बैंक, चेम्बर अफ कमर्श र त्रिभुवन आर्दश मा.वि.को समन्वयमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले करका दायरा फराकीलो बनाउदै लैजानुपर्नेमा जोड दिए । विकास भयो भने मात्रै करका दायराहरु बढ्ने बताउदै उनले हरेक कुरामा विकास हुनुपर्ने बताए ।
कार्यक्रममा चेम्बर अफ कमर्श स्याङजाका अध्यक्ष लोकनाथ रेग्मी, स्याङजा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठ, गरिमा विकाश बैंक क्षेत्रीय कार्यालय वालिङका प्रमुख लेखनाथ भट्टराई र जिल्ला उपभोक्ता मन्चका अध्यक्ष राजेन्द्र मरासिनी लगाएतले मन्तव्य राखेका थिए ।
करदाता सेवा कार्यालय स्याङजाका प्रमुख विजय भुषालको अध्यक्षतामा सम्पन्न कार्याक्रमको संचालन चेम्बर अफ कमर्शका महासचिव ऋषीराम पौडेलले गरेका थिए । शहिदचोकबाट सुरु भएको प्रभातफेरी हुलाकरोड, ट्राफिकचोक, अभियानपथ, ठाडोलाइन, बंैकरोड हुदै शहिदचोकमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।
विनोद घताने आँधिखोला एक्सप्रेस डटकमका संवाददाता हुन् ।