बिरुवा गाउँपालिका अध्यक्ष कुवँरलाई पक्राउ पुर्जी जारी 

आँधिखोला सेरोफेरो समाचार समाज
जिल्ला अदालत स्याङ्जाले बिरुवा गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुवँर सहित तीन जनालाई अनुसन्धानको लागि पक्राउ गर्न अनुमति दिएको छ । सुर्योदय बचत तथा ऋण सहकारी लिमिटेड बिरुवा सेवा केन्द्र प्रमुख जीवन वाग्ले समेत भएको सहकारी ऐन कसुर अनुसन्धानको सिलसिलामा तीन जनालई पक्राउ गरी अनुसन्धानको लागि समोबार प्रहरीले माग गरेको थियो ।
तत्काल तीन जनालाई पक्राउ नगरे मुद्धामा संलग्न प्रमाणहरु लोप, नाश गर्न सक्ने र निजहरु भागि जाने सम्भावना देखिएकाले प्रहरीले पक्राउको अनुमति मागेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शालिकराम शर्माले प्रहरीको माग अनुसार अदालतले अनुसन्धान गर्न अनुमति दिएको बताए ।
प्रहरीले बिरुवा अध्यक्ष कुवँर, सेवा केन्द्रका संयोजक बिरुवा ७ का तारेन्द्र बहादुर केसी र पुतलीबजार नगरपालिका १४ का सन्ध्या भण्डारीलाई पक्राउ गर्न अनुमति मागेको थियो । सुर्योदय बचत तथा ऋण सहकारी लिमिटेड बिरुवा सेवा केन्द्रका केन्द्र प्रमुख जिवन वाग्लेले सहकारी र बचतकर्ताको रकम हिनामिना गरेको हुदाँ निज उपर सहकारी ऐन बमोजिम कारबाही अगाडि बढाउन सहकारीका प्रबन्धक ध्रुब नारायण श्रेष्ठले यहि साउन १० गते जाहेरी दिएका थिए । श्रेष्ठले जाहेरी दिएको भोली पल्टै प्रहरीले वाग्लेलाई पक्राउ गरेको थियो ।
बिरुवा गाउँपालिका अध्यक्ष कुवँरले राजनैतिक पुर्वाग्रह र नियतीले आफु माथी पक्राउ पुर्जी जारी गरिएको बताए । आफुले २०७८ मा सेवा केन्द्रको सचिबबाट राजिनमा दिएको बताउदै कुवँरले सहकारीको मुद्धा भर्खर मात्र दर्ता भएको बताए । तत्कालिन अवस्थाको केन्द्र संयोजक गुप्त बहादुर अधिकारीले राजिनामा दिएर संस्थाको केन्द्रिय सदस्य बनेको र आफु सचिबबाट राजिनामा दिएर गाउँपालिका अध्यक्ष भएको उनले जानकारी दिए ।
आफु यो मुद्धामा दोशी नरहेको र कसुर ठहरे सजाय भोग्न तयार रहेको बताउदै कुवँरले पुर्वाग्रह र नियतीले कसैलाई फाइदा नहुने बताए ।
Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *