स्याङ्जा सहयोग समाज दोहा कतारको संयोजनमा राम्दी शिव पार्वती वृद्धाआश्रममा १० केजीको फ्रन्ट लोडिङ वासिङ मेसिन हस्तान्तरण गरेको छ । चिसोको समयमा आश्रममा रहेका वृद्धवृद्धालाई सहयोग पुग्ने उद्देश्यले समाज दोहा कतारले वासिङ मेसिन हस्तान्तरण गरेको हो ।
मेसिन हस्तान्तरण कार्यक्रममा स्याङजा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष विरेन्द्रजंग केसीले स्याङजा जिल्लामा संस्थाले करोडौ रकम सहयोगका नाउमा वितरण गरेको बताए । अध्यक्ष केसीले संस्था स्थापना भए सगै जिल्लाभर ८ करोड भन्दा वढी सहयोग वितरण भएको जानकारी दिनुभयो । उनले आवश्यक परेको ठाउँमा अझै सहयोग गर्ने बताउदै उपलब्ध गराईएको सहयोग पूर्ण रुपमा सदुपयोग हुने विश्वास लिनुभयो ।
कार्यक्रम स्याङ्जा सहयोग समाज दोहा कतारका सदस्य तथा भिरकोट नगर इकाइका अध्यक्ष लीललबहादुर रोकाको अध्यक्षतामा सम्पन्न भएको थियो । मेसिन हस्तान्तरण कार्यक्रममा आइसिसी संरक्षक प्रकाश श्रेष्ठ, सल्लाहकार मोहनी खनाल, डोलराज डुम्रे ,स्याङ्जा सहयोग समाज कतारका सल्लाहकार प्रेम नेपाली, खड्ग नेपाली, आईसी सदस्य हिमलाल डुम्रे, बिदुर कोइराला, केशर कुमार श्रेष्ठ, आश्रम व्यवस्थापक संयोजक सुनिल श्रेष्ठ, आश्रममा बस्नुहुने बुवाआमाको उपस्थिति रहेको थियो ।
राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।