७६ औं अन्तराष्ट्रिय मानवअधिकार दिवको पूर्व सन्ध्यामा पोखरामा रहेका मानवअधिकारबादी संस्थाहरुले स्याङजामा रहेको जिल्ला कारागार अनुगमन तथा निरीक्षण गरेका छन् । मानवअधिकार दिवस मनाउने तयारीमा गण्डकी प्रदेशको पहलमा कारागार निरीक्षण गरिएको हो ।
अनुगमनको क्रममा मानसिक रोगी कैदी बन्दी फरक ठाउँमा राख्नु पर्नेमा सँगै राखिएको भेटिएको छ । यहाँ ६५ जना क्षमताको कारागारमा पाँच महिला सहित १ सय ४७ कैदीबन्दी रहेको कारागार प्रशासनले जानकारी दिएको छ ।
इन्सेक गण्डकी प्रदेश प्रमुख शिव खकुरेलले धेरै बन्दी र दिर्घरोगी समेत राम्रो ब्यवस्था नएको बताए । कारागरामा भौतिक सरचना पुरानो र बसाईमा समस्या रहेको बन्दी तथा कैदीको गुनासो रहेको थियो ।
निरीक्षणमा बन्दीहरुले कसैले कैद छुट पाउने र कसैलाई नदिएर सरकारले बिभेद गरेको गुनासो गरेका थिए । बन्दीहरुले नक्कली जन्मदर्ता बनाएर बालकलाई फसाएको समेत बताए ।
राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।