सुनसान र स्टल धेरै खाली रहेको स्याङजा महोत्सवमा छैनन् गुणस्तर सामान

आँधिखोला सेरोफेरो समाचार समाज

यही फागुन ६ गतेबाट शुरु भएको सातौं स्याङजा महोत्सव संचालन भएको आईतबार ५ औं दिन भयो । विदाका दिन बहाएक अरुदिन महोत्सव सुनसान जस्तै छ । ७ गते बुधबार प्रजातन्त्र दिवस र १० गते सनिबार गरी जम्मा ६ हजार मात्रै टिकट विक्रि भएको संघका एक सदस्यले जानकारी दिए ।

आयोजक संस्थाले अरु दिन पनि महोत्सव राम्रो भएको बताएपनि दैनिक जसो २÷३ सय मात्रै टिकट विक्री भएको उनले जानकारी दिए । महोत्सवमा दर्शक आएको देखाउन आयोकज संस्थाका आफन्तहरुले टोल टोलमा एक दिने पास र साधारण पास व्यापक रुपमा वितरण गरेका छन् ।

टिकट र पासहरुबाट दैनिक जसो ४÷५ हजार दर्शकले महोत्सव अवलोक गरेको संस्थाका कोषाध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिए । टिकटको जिम्मा आफुलाई भएको बताउदै कोषाध्यक्ष श्रेष्ठले समितिको निर्णय अनुसार महोत्सव अवधीभर सही विवरण वाहिर सार्वजनिक नगरिने जानकारी दिए ।

महोत्सवमा २ सय २० स्टल रहेन प्रचार गरिएपनि धेरै जसो स्टलहरु खाली रहेको देख्न पाईन्छ । केही स्टलहरुमा गुणस्तर हिन मिठाईहरु र खाद्यान्न विक्रिवितरण भैरहेको छ । विक्रि वितरण भएका कतिपय मिठाईहरुमा उत्पादन मिति नै छैनन् भने दालमोट जस्ता खाद्यान्नहरु खुलम खुला विक्रि भैरहेको पाईन्छ ।

सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेललाई प्रश्न गर्दा उनले समय मिलाएर अनुगमन गरिने बताए । महोत्सव तथा कुनैपनि बजारमा खाद्यान्न विक्रि वितरण गर्दा सुरक्षीत तरीकाले वितरण गर्नुपर्ने बताउदै म्याद रहेका सामानहरु मात्रै विक्रि गर्न पाईने जानकारी दिए ।

सातौं महोत्सवमा कलाकार समेत राम्रा नल्याएको आयोजक सग दर्शकहरुले गुनासो गरेका छन् । सस्ता कलाकार ल्याएका कारण महोत्सव सफल नभएको उनीहरुको तर्क रहेको छ । दर्शक नभएका कारण पनि हुन सक्छ कलाकारले खासै राम्रो प्रस्तुती समेत दिएका छैनन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *