

जिल्ला प्रशासन कार्यालय स्याङजाले फागुन ६ गतेबाट स्याङजा उद्योग वाणिज्य संघले संचालन गरेको सातौं महोत्सवमा अनुगमन गरेको छ । महोत्सवमा म्याद नभएका सामानको विक्री वितरण भएको स्थानीयहरुबाट गुनासो आएपछी प्रशासनले अनुगमन गरेको हो ।
महोत्सवमा राखीएका खाद्यान्नहरुमा अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपक प्रसाद पौडेलले बताए । अनुगमनका क्रममा केही सामान खुला वेचिएको भेटेपछि नियन्त्रणमा लिइएको बताउदै होटलहरुमा मदिरा र चुरोट नबेच्न आग्रह गरेको उनले बताए ।

अनुगमनका क्रममा खाद्यान्नहरुमा म्याद सकिने मितिहरु नभएको, खुला वेचिएको, शिशाका बोतलहरुमा रहेका रक्सी र खुल्ला चुरोट बेचिएको भेटिएको थियो । प्रशासनले अनुगमनका क्रममा सांकेतीक रुपमा १ बोरा खाद्यान्न जफत गरेको थियो ।

महोत्सव आयोजक संस्था स्याङजा उद्योग वाणिज्य संघका अध्यक्षले महादेव श्रेष्ठले सामान बेच्न नपाउने भए सरकारले नै उद्योगहरु बन्द गराउनुपर्ने धारणा व्यक्त गरे । मानिसको स्वास्थ्यमा खेलवाड नगरी व्यापारी दह्रो भएर सामान विक्रि गर्नुपर्ने जिल्ला उपभोक्ता मन्चका अध्यक्ष राजेन्द्र मरासिनीले बताए ।
अनुगमन सहायक प्रमुख जिल्ला अधिकारी दिपक प्रसाद पौडेलको नेतृत्वमा, पुतलीबजार नगरपालिका, उपभोक्ता मन्च, प्रहरी, उद्योग वाणिज्य संघका प्रतिनिधीहरु र संचारकर्मीको उपस्थीतिमा गरिएको थियो । पछिल्लो समय बजारमा आउने खाद्यान्नहरुको चेकजाच गरी मात्रै उपभोग गर्नुपर्ने देखिन्छ ।

राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।
