ठेकेदारको पिंकसिटी महोत्सवमा अबैध गतिविधी, सरोकारवाल निकाय मौन

आँधिखोला सेरोफेरो समाचार समाज

वालिङ च्याम्बरको सझौतामा बंगलामुखी नेपाल एम्युजमेण्ट प्रा.लि.ले आयोजना गरेको प्रथम पिंकसिटी महोत्सवमा अबैध गतिविधी भएको स्थानीयहरुले गुनासो गरेका छन् । उनीहरुले महोत्सवको नाममा अबैध गतिविधी हुदा समेत जिल्ला प्रशासन कार्यालय र करदाता सेवा कार्यालय स्याङजा मौन बसेको आरोप लगाएका हुन ।

नेपाल सरकारको कानुन अनुसार मेला महोत्सवमा मदिरा तथा सुर्तीजन्य उत्पादक कम्पनीहरुले प्रायोजन गर्न पाउदैनन् तर ठेकेदार कम्पनीले वालिङमा आयोजना गरेको महोत्सवमा गोर्खा ब्रुअरीले प्रायोजन गरेको छ । अनुगमनको अधिकार पाएको प्रशासन मौन छ ।

यस बारे प्रश्न गर्दा निमित्त प्रमुख जिल्ला अधिकारी दिपक प्रसाद पौडेलले सिडियो साप सुनिता नेपाल विदामा रहेको र उहाँ आएपछि अनुगम गरिने प्रतिकृया दिए । महोत्सवमा मदिराको विक्री वितरण रोक्न प्रहरीलाई खबर गरेको उनले बताए ।

त्यसैगरी मेला महोत्सवका स्टलहरुमा मदिरा तथा सुर्तीजन्य वस्तुहरु विक्री वितरण गर्न पाईदैन । सोही मेलामा कानुन विपरीत गोर्खा ब्रुअरीले मदिराको स्टललै राखेर मदिरा विक्री वितरण गरेको छ । करदाता सेवा कार्यालय स्याङजालाई जानकारी हुदाँ समेत कानमा तेल हालेर कता लुकेको छ ? स्थानीयले प्रश्न गरे । मदिरा बेच्ने पसल दर्ता हुनुपर्छ तर उनीहरु राज्यलाई नै च्यालेन्ज दिई विना दर्ता धन्दा चलाईरहेका छन् ।

करदाता सेवा कार्यालय स्याङजाकी प्रमुख गंगा बस्यालले अनुगमनको लागि प्रशासन र प्रहरी सग समन्वय गरेर अगाडी वढ्ने बताइन् । सकेसम्म सबै स्टलहरुलाई कानुनको दायरामा ल्याउने र अबैध क्रियाकलापहरुलाई नियन्त्रण गरि कारबाही गरिने उनले जानकारी दिईन् ।

बजारमा रहेका पसल तथा होटलहरुलाई ८ बजे नै बन्द गर्न अनुरोध गर्ने प्रहरीले ९ बजे सम्म महोत्सव गर्न अनुपति दिनु प्रशासनको मिलेमतो छैन भन्न सिकन्छ र ? यस प्रकारको व्यवहारले प्रशासनलाई कुरीकुरी भनेन र ? कि कसो त ? हैन र ?

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *