तेस्रो माछापुच्छ्रे कपको उपाधि शुक्लागण्डकि १२ लाई, जेन जि आन्दोलनले युवाको काधमा थप जिम्मेवारी थप्यो : सविधानसभा सदस्य थापा

News खेलकुद समाचार समाज

स्याङ्जाको पुतलीबजार नगरपालिका ६ मा सम्पन्न तेस्रो माछापुच्छ्रे कपको उपाधि शुक्लागण्डकि १२ ले हात पारेको छ । पुतलीबजार ६ को माछापुच्छ्रे युवा क्लबको आयोजनामा हिमालय मा वि खलङ्गामा असोज ९ देखि ११ सम्म चलेको खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि शुक्लागण्डकि १२ तनहुले हात पारेको हो । प्रतियोगितामा आयोजक माछापुच्छ्रे युवा क्लब पुतलीबजार ६ द्वितीय र ग्लोबल होराइजन क्लब तृतिय भएका छन । समाजका लागि युवा युवाका लागि खेलकुद भन्ने मूल नाराका साथ सम्पन्न प्रतियोगितामा १४ टिम सहभागी रहेका थिए ।

प्रतियोगिताको समापन गर्दै सविधानसभा सदस्य राजु थापाले भाद्र २३ र २४ गते भएको जेन जि पुस्ताको आन्दोलनले युवाहरूको काँधमा थप जिम्मेवारी आएको बताए । नेपाली काङ्ग्रेस स्याङ्जाका सभापती समेत रहेका थापाले पार्टीहरु नयाँ ढंगबाट सुदृढीकरण गरि निर्वाचन सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नगर प्रमुख तुलसीराम रेग्मीले नगरपालिकाले यस्ता खेलकुदका कार्यक्रमहरुमा सदैब सहयोग गर्ने र बिकास निर्माणका काममा पालिका सदैब जनताको साथमा रहने बताए । उनले जेनजी आन्दोलनले उठाएको भ्रष्टाचार बिरुद्ध आफू निर्बाचित भए देखि नै लागि परेको र नगरपालिकालाई भ्रष्टाचारमुक्त पालिका बनाएको समेत बताए ।

कार्यक्रममा वडा अध्यक्ष खेम गुरुङ, युवा नेता अजित क्षेत्री, प्रथम पुरस्कार प्रायोजक राज कुमार के सि, कार्यक्रम संयोजक ध्रुब च्वाइ लगाततले शुभकामना मन्तव्य राखेका थिए । सो अवसरमा पुरस्कार प्रायोजक तथा चन्दादातालाई सम्मान समेत गरिएको थियो ।

क्लबका अध्यक्ष विजय गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका सचिव केशव च्वाईले स्वागत एवम्
कार्यक्रम संचालन तारा प्रसाद शर्माले गरेका थिए । कार्यक्रमको व्यवस्थापन भने मिलन गुरुङले गरेका थिए ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *