

पहिलो पाइला नेपाल पुतलीबजार स्याङ्जाले एक कार्यक्रम गरि नेपालीहरुको महान चाडपर्वहरु बडा दसैं, दिपावली लगायतका चाडपर्वहरुको शुभकामना व्यक्त गरेको छ । शनिबार स्याङ्जा सदरमुकाम स्याङ्जा बजारमा रहेको Buzz Refresho मा एक कार्यक्रम गरि पहिलो पाइला स्याङ्जाले शुभकामना व्यक्त गरेको हो ।
कार्यक्रममा गत महिना भएको घटनाप्रती दुख व्यक्त गर्दै पाइलो पाइला नेपाल स्याङ्जाले शान्तिको कामना समेत गरेको छ । कार्यक्रममा पहिलो पाइला नेपालका केन्द्रिय अध्यक्ष विनोद महत, केन्द्रिय प्रवक्ता तथा कार्यसमिति सदस्य विनोद बस्याल, केन्द्रिय कार्यसमिति सदस्य स्मृती काफ्ले र सन्ध्या लामिछानेले भर्चुअल माध्यमबाट शुभकामना व्यक्त गरेका थिए ।

सो अवसरमा पहिलो पाइला नेपाल पुतलीबजार स्याङ्जाका अध्यक्ष पवन मरासिनी, उपाध्यक्ष सुबास कोइराला, सचिव गोपि सुवेदी, सह सचिव स्वीकृति पोखरेल, सदस्य समृद्धि पोखरेल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

पहिलो पाइला नेपाल पुतलीबजार स्याङ्जा स्थापना काल देखि नै निरन्तर सामाजिक कार्यमा अग्रसर रहदै आएको छ । संस्थाले समाजका विभिन्न पक्षहरूमा रुपान्तरणकारी भुमिका निर्वाह गर्दै आएको र आफ्ना नियमित कार्यक्रमहरु मार्फत समाजसंग निकट सम्बन्ध स्थापित गरेको छ ।

पवन मरासिनी आँधिखोला एक्सप्रेस डटकमका संवाददाता हुन् ।