

सूर्योदय क्लव स्याङ्जाको २८ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बिच साधारण सभाको उद्घाटन गर्दै गैर सरकारी संस्था महासंघ स्याङ्जाका अध्यक्ष एक नारायण सापकोटाले स्याङ्जा जिल्लामा गैरसरकारी संस्थाहरुमा दिगोपन आवश्यक रहेको जिकिर गरे । समुदायसंग प्रत्यक्ष सहकार्य गरि उत्कृष्ट संस्थाका रुपमा क्रियाशिल रहदै एक शसक्त संस्थाका रुपमा सूर्योदय क्लव उभिएको उनको भनाइ थियो ।
कार्यक्रममा संस्थाका सल्लाहकार एवं गैसस महासंघ गण्डकी प्रदेश सदस्य गोविन्द प्रसाद शर्मा, सल्लाहकार रविन्द्र प्रसाद श्रेष्ठ, सदस्य श्री गुरुङ, मोति प्रसाद मरासिनी, डालबहादुर कुँवर लगायतले संस्थालाई लक्ष्य उद्धेश्य अनुसार देश भर विस्तार गर्नु पर्ने, उद्यमशिलता, नेतृत्व विकास, सेवा क्षेत्रमा कार्यत्र गर्न, सदस्य विस्तार कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने लगायतका कुरामा जोड दिए ।

सो अवसरमा अध्यक्ष अनन्त कुमार श्रेष्ठले संस्थाको आर्थिक बर्ष ८१/८२ को प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै, सस्थाका कोषाध्यक्ष देवी बस्यालले संस्थाको आय ब्यय सहितको आर्थिक प्रतिवेदन पेश गरेकी थिइन । सो सभाले आर्थिक बर्ष ८२/८३ का लागि २ करोड ९० लाखको प्रस्तावित कार्यक्रम समेत पारित गरेको छ । क्लबको गत वर्ष करिव २ करोड १९ लाखको आयब्यय विवरण रहेको छ ।

सो क्रममा क्लबको आर्थिक बर्ष ८१/८२ को सामाजिक परिक्षण कार्यक्रम समेत सम्पन्न गरिएको छ । सामाजिक परिक्षण गर्ने संस्था अन्धाअन्धी सामुदायिक विकास केन्द्रले संस्थाका विविध विषयहरुमा सामाजिक परिक्षणका प्राप्त विषयहरु प्रस्तत गरिएको थियो । सोहि अवसरमा संस्थाका सदस्य, सरोकारवाला, लाभान्वित समुदायका सुझावहरु समेत लिइएको थियो । सूर्योदय क्लवका अध्यक्ष अनन्तकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष बलराम दोरङ्गाले स्वागत एवम् कार्यक्रम संचालन सचिव एक बहादुर गोदार रमेशले गरेका थिए ।
सुर्योदयले साझेदारी कार्यक्रम अन्तर्गत रुम टु रिड संस्थाको साझेदारीमा स्याङ्जा र तनहुँ जिल्लामा साक्षरता कार्यक्रम र वालिका शिक्षा कार्यक्रम संचालन गरिरहेको छ । संस्थाले सन् २०१८ देखि नै स्थानीय तहहरु र रुम टु रिड संस्थाको सहकार्यमा स्याङ्जाका ११ पालिकाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय निर्माण कक्षा कोठा ब्यवस्थापन, शिक्षक तालिम, शैक्षिक सामाग्री वितरण विभिन्न दिवस समारोह संचालन गर्दै आएको हो । स्थानीय तहहरु र रुम टु रिड संस्थाको सहकार्यमा तनहुँ जिल्लाका ७ वटा पालिकाका २६ विद्यालयमा वालिका शिक्षा कार्यक्रम संचालन गरिरहेको छ । बालिकाहरुलाई जीवन उपयोगी सिप, सामाग्री सहयोग, दिवस समारोह, अभिभावक भेला लगायतका विविध कार्यक्रमहरु समेत संचालन भएका छन भने संस्थाले आन्तरिक श्रोत व्यवस्थापन गरि विद्यालय संचालन सहयोग, सहकारी शिक्षा, पैरवी, नेतृत्व विकास तालिम, फोहरमैला व्यवस्थापन कार्यक्रम, विभिन्न किसिमका तालिम लगायतका कार्यक्रमहरु संचालन गरेको छ ।
स्याङ्जाको पुतलीबजार ३ सूर्योदयमार्ग बाडखोलामा प्रधान कार्यालय रहेको छ भने परियोजना कार्यालय स्याङ्जाको वालिङ नगरपालिका र ब्यास नगरपालिका दमौलीमा रहेको छ । संस्थामा २७ जना कर्मचारीहरु कार्यरत रहेका छन ।

पवन मरासिनी आँधिखोला एक्सप्रेस डटकमका संवाददाता हुन् ।