



जिल्ला पार्टी कार्यालयमा भएको नेकपा एमाले समर्थित पेशागत महासंघ स्याङ्जाको तेस्रो अधिवेशनले ताराचन्द्र ढकालको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा कमला मरासीनी र मधुसुदन उपाध्याय, सचिवमा नारायण शर्मा, सहसचिवमा बालकृष्ण भण्डारी, कोषाध्यक्षमा बिष्णुकुमारी शर्मा चयन भएका छन् ।
यसैगरी, समितिका सदस्यहरुमा बिद्या पराजुली, डोलराज ढकाल, पुण्यप्रसाद भुषाल, युवराज थापा, सुनिल पोखरेल, रमाकान्त सुवेदी, गणेश शर्मालाई निर्विरोध निर्वाचित गरेको हो ।

अधिबेशको उदघाटन गर्दै नेकपा एमाले गण्डकी प्रदेश कमिटी उपाध्यक्ष एवं प्रदेश सांसद मोहन रेग्मीले बिभिन्न पेशामा आवद्ध कर्मचारीले सबै पेशागत धर्म र आचरण निर्वाह गर्दै समृद्ध मुलुक निर्माणका पक्षमा काम गर्नुपर्नेमा सुझाव दिए । उनले संगठनहरुको सहि परिचालनले चुनावमा पार्टी ठुलो हुने बताउदै चुनावका गतिविधीमा लाग्नु अनुरोध गरे ।

कार्यक्रममा जिल्ला अध्यक्ष सुरज गैह्रे (पारस), गण्डकी प्रदेश सदस्य एवं आँधीखोला गाउपालिका अध्यक्ष सुधिर पौडेल, गण्डकी प्रदेश सदस्य दिपक लम्साल, जिल्ला उपाध्यक्ष कृष्ण खाँण, उपसचिव विश्वनाथ पौडेल, पुतलीबजार उपप्रमुख एवं सदस्य महेश पुरी, सदस्यहरु यादवराज शर्मा, नगेन्द्रराज पुरी, कमला मरासीनी, शुशिल शर्मा, बुद्धिजीवी परिषद स्याङ्जाका उपाध्यक्ष अनन्तराज मरासीनी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
पेशागत महासंघ जिल्ला अध्यक्ष यज्ञप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव नारायण शर्माले गरेका थिए ।

राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।
