सुर्योदय सहकारीको २४ औं वार्षिक साधारण सभा एवम् ८ औं अधिवेशन पौष ५ मा, नयाँ नेतृत्व चयन देखि आन्तरिक नीति निर्माण, संशोधन, लेखा परिक्षणसम्मका कार्यतालिका सार्वजनिक

News अर्थ समाचार समाज

सुर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक साधारण सभा एवम् ८ औं अधिवेशन पौष ५ मा हुने भएको छ । यहि कार्तिक १६ गते बसेको १२६ औं संचालक समितिको बैठकको निर्णय अनुसार आगामी पौष ५ मा सुर्योदयको २४ औं वार्षिक साधारण सभा एवम् ८ औं अधिवेशन हुने भएको हो ।

साधारण सभामा सहकारीका अध्यक्षले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत संगै चालू आर्थिक वर्ष ८२/८३ को प्रस्तावित नीति तथा कार्यक्रमहरु प्रस्तुत एवम् पारित गर्ने कार्यसुची रहेको छ भने कोषाध्यक्षले संचालक समितिका तर्फबाट आर्थिक वर्ष ८१/८२ को आर्थिक प्रतिवेदन र चालू आर्थिक वर्षको प्रस्तावित बजेट तथा कार्यक्रम प्रस्ताव एवम् पारित गर्ने कार्यसुची रहेको सहकारीका स्याङ्जा सेवा केन्द्रका प्रमुख मोति प्रसाद मरासिनीले जानकारी दिए । उनका अनुसार साधारण सभामा आर्थिक वर्ष ८१/८२ को वार्षिक लेखा परिक्षण प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन र आर्थिक वर्ष ८२/८३ को लेखा परिक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, आन्तरिक नीति निर्माण, संशोधन तथा अनुमोदन, एकाइ प्रतिनिधि चयन, शेयर, लाभांश र सुरक्षित पुजि फिर्ता कोषको रकम, निर्णय पुस्तिका प्रमाणीकरण लगायतका विषयहरू कार्यक्रम तालिकामा रहेका छन ।

५ वटा सेवा केन्द्र रहेको सहकारीको ५ वटै सेवा केन्द्रमा एउटै मिति तथा एकैसाथ फरक फरक स्थान र लक्ष्यित सदस्यहरुको लागि विविध कार्यक्रम गरि साधारण सभा तथा अधिवेशन सम्पन्न हुने जनाइएको छ । यस्तै, पौष १० मा सहयात्री पार्टी प्यालेस गुणिखोलामा एकाइ प्रतिनिधिहरुको निर्णय प्रमाणीकरण सभा हुने सहकारी स्रोतले जनाएको छ । सहकारीको सो अधिवेशनबाट नयाँ नेतृत्व समेत चयन हुने बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *