स्व. लम्सालको स्मृति : रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन

News समाचार समाज

स्व. माधव प्रसाद लम्सालको स्मृतिमा आयोजित खुला रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको छ । शनिबार स्याङ्जाको पुतलीबजार १४ लामागेमा रहेको श्रवण माध्यमिक विद्यालय प्रांगणमा भएको स्व. लम्सालको ४५ औं पुण्य तिथिको दिन आयोजित खुला रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र के सि ले जानकारी दिए । स्व लम्सालको कार्तिक ७ गते सवारी दुर्घटनामा परी निधन भएको थियो । लम्साल विद्यालयका पूर्व विद्यार्थी हुन भने नेपाल सरकारका उपसचिव रहेका थिए ।

उनको वैकुण्ठबासको कामना गर्दै श्रवण माध्यमिक विद्यालय पूर्व विद्यार्थी मञ्चले आयोजना गरेको सो कार्यक्रममा बोल्दै स्याङ्जा जिल्ला अदालत बार एशोसियसनका अध्यक्ष अधिवक्ता तुलसी गिरीले लम्सालको निधनले समग्र स्याङ्जालाई अपुरणिय क्षेती पुगेको बताए । उनले लम्साल एक असल व्यक्तित्व र कृषि क्षेत्रका विज्ञ रहेको भन्दै लम्सालको स्मरण गरेका थिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रबिन्द्र के सी, नेपाल रेडक्रस सोसाईटी स्याङ्जाका सभापति दिनेश अर्याल, सदस्य विशेश्वर गिरी, परिवारको सदस्यहरुको तर्फबाट पृथ्वी लामिछाने लगायतले स्व.माधव लम्सालको सामाजिक योगदानलाई जिवन्त राख्दै कृषि क्षेत्रमा उनले गरेको अविश्मरणीय कार्यको सधैं स्मरण गरिरहने बताएका थिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको प्राविधिक सहयोग रहेको थियो । पुर्व विद्यार्थी मन्चका अध्यक्ष अमृत लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सन्तोष भण्डारीले स्वागत एवम् सहसचिव उषा थापाले संचालन गरेकी थिइन ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *