नव निर्वाचित कार्यसमितिलाई पद तथा गोपनियताको सपथ

News समाचार समाज

स्याङ्जाको पुतलीबजार ३ मा रहेको लत्रेपिपल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सातौ वार्षिक साधारण सभा एवं तेस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिले पद तथा गोपनियताको सपथ लिएको छ ।

गत शनिबार सम्पन्न अधिवेशनबाट नव निर्वाचित अध्यक्ष डाल बहादुर कुवर, उपाध्यक्ष लेखनाथ शर्मा, सचिव भानुभक्त शर्मा, कोषाध्यक्ष विश्वराज मरासिनी, सदस्यहरु कमलकान्त उपाध्याय, भिम कुमारी उपाध्याय, भोज बहादुर गोदार, आश्माया भुजेल, विष्णुमाया पौडेल शर्माले शुक्रबार एकैसाथ पद तथा गोपनियताको सपथ लिएका हुन ।

नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक शालिग्राम मरासिनीले पद तथा गोपनियताका सपथ खुवाएका हुन । सो समितिमा गुरु प्रसाद मरासिनी र मदन शर्मा सदस्य रहेका थिए । शुक्रबार नै नवनिर्वाचित लेखा समिती संयोजक खेम राज शर्मा र सदस्यहरु बसुन्धारा मरासिनी र टोप बहादुर भुजेलले समेत सपथ लिएका प्रबन्धक सम्झना शाही मल्लले जानकारी दिइन । यस्तै, नि वर्तमान अध्यक्ष गेम बहादुर मल्लले नव निर्वाचित अध्यक्ष कुवर र उपाध्यक्ष शर्मालाई माइनट हस्तान्तरण गरेका छन । सो क्रममा मल्लले नवनिर्वाचित कार्यसमितिलाई बधाई एवम् शुभकामना समेत व्यक्त गरे ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *