

स्याङ्जाको वालिङमा आइतबार अपाङ्गता सम्बन्धी सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रियामा सहभागीहरुले वालिङ नगरपालिकामा वि स २०७८ को जनगणना अनुसार अपाङ्गता भएका व्यक्तिहरूको सङ्ख्या १ हजार २ सय ४६ अर्थात कुल जनसङ्ख्याको २ दशमलब ४७ प्रतिशत रहेको तर गत आर्थिक वर्ष ८१/८२ को अपाङ्गता क्षेत्रमा विनियोजित बजेट खर्च हुन नसकेको र बजेट फ्रिज भएको लगायतका विषयहरु पेचिलो गरि उठाएका थिए ।
सो प्रश्नहरुको जवाफमा वालिङ नगर प्रमुख कृष्ण खाणले आगामी दिनहरूमा यस्तो नियति नदोहोरिने कुरामा विश्वस्त पारेका थिए । यस्तै, चालु आर्थिक वर्ष ८२/८३ मा पनि अपाङ्गता क्षेत्रमा बजेटको अभाव देखिएको खण्डमा रकमान्तर गरी बजेट थप गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा वडा न १ का अध्यक्ष पदमराज गुरुङ, समन्वय समिति सदस्य (सामाजिक) सिता वि क लगायतले आआफ्नो धारणा राखेका थिए । कार्यक्रममा अपाङ्गता भनेको के हो, कस्ता व्यक्तिलाई अपाङ्गता भएका व्यक्ति भनिन्छ र अपाङ्गता समावेशी विकास भनेको के हो भन्ने कुरामा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल गण्डकी प्रदेशका अधिकारीहरुले स्पष्ट पारेको कार्यक्रममा सहभागी सुबास कोइरालाले जानकारी दिए ।


पवन मरासिनी आँधिखोला एक्सप्रेस डटकमका संवाददाता हुन् ।