स्याङजा बाड्खोला मुस्लिम समाज पुतलीबजार नगरपालिका–३, ले एक कार्यक्रमका विच फेदीखोलामा रहेको अमोस सेवा नेपालमा रहेका २७ बालबालिकाहरुलाई शैक्षिक सामाग्री, खाद्यान्य र नगद हस्तान्तरण गरेको छ ।
शैक्षिक सामाग्री हस्तान्तरण गर्दै स्याङजा बाड्खोला मुस्लिम समाजका अध्यक्ष सैदुदिन मियाँले अनाथ बालबालिकाहरुलाई र गरिव दिन दुखी बालबालीकाहरुलाई खुलेर सहयोग गर्नुपर्ने बताए । उनले ईस्लाम धर्मले नै गरिव जेहन्दार वालवालिकाहरुलाई अनिवार्य रुपमा सहयोग गर्नुपर्ने बताए अनुरुप सहयोग गरिएको जानकारी दिए ।
सहयोग हस्तान्तरण कार्यक्रममा पुतलीबजार नगरपालिका–३ का वडा सदस्य अली मोहम्मद र नुरी ईलामीक विद्यालयका पुतलीबजार नगरपालिका–३ का अध्यक्ष अली मियाँ मुमु लगाएतले मन्तव्य राखेका थिए । सैक्षिक सामाग्री ग्रहण गर्दै अमोर सेवा नेपाल बालगृहकी अध्यक्ष कमला पराजुलीले सहयोगी हात स्याङजा बाड्खोला मुस्लिम समाजलाई धन्यबाद ज्ञापन गरिन् । कार्यक्रमको संचालन सचिव इकबाल अलिले गरेका थिए ।
लामो समय देखी छिमेकी जिल्लाहरुमा समेत सहयोग उपलब्ध गराएको स्याङजा बाड्खोला मुस्लिम समाजले जनाएको छ । मुस्लिम समाजले आउने पिडीलाई असल चरित्र निमार्ण गर्नको निम्ती जानकारी सहित विभिन्न सचेतना मुलक कार्यक्रमहरुको आयोजना गरेको नुरी ईलामीक विद्यालयका अध्यक्ष अली मियाँ मुमुले बताए ।
राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।