



पुतलीबजार नगरपालिका ११ बगाल्थोकमा एक कार्यक्रमका विच सामुदायीक भवनको शिलान्यास गरिएको छ । समाजका विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने उद्देश्यले सामुदायीक भवनको शिलान्यास गरिएको हो ।
मनकामना टोल विकास संस्थाको सक्रियतामा निर्माण हुन लागेको सामुदायीक भवनको शिलान्यास गर्दै पुतलीबजार नगरपालिका ११ का वडा अध्यक्ष भवानी प्रसाद लामिछानेले भवनको निर्माण सबै मिलेर गर्नुपर्ने बताउदै आवश्यकता अनुसार विकास निर्माणका काम अगाडी बढाईने बताए । उनले समाजको विकासको लागि सबै मिल्नुको विकल्प नभएको समेत बताए ।

शिलान्यास कार्यक्रममा वडा सदस्य मनोज पौडेलले आफु आगामी निर्वाचनबाट वडा अध्यक्ष हुने र भवन निर्माणलाई पुर्णता दिने प्रतिवद्धता समेत जनाएका थिए । वडा सदस्य पौडेलले वडा स्तरीय योजना अन्तगरगत विनियोजित भएको रकमबाट सामुदायीक भवन निर्माण गर्न लागिएको जानकारी दिए । भवन निर्माणका लागि स्थानीय लोक बहादुर दर्जी, मन बहादुर दर्जी र हस्त बहादुर दर्जीले १० आना जग्गा दान गरेको सामुदायीक भवन निर्माण समितिका अध्यक्ष टसबहादुर दर्जीले जानकारी दिए ।

क्रमागत रुपमा निर्माण हुने उक्त सामादायीक भवन पहिलो चरणमा २ लाख पचाह हजार रुपैया र ५० हजार बराबरको श्रमदान गरि ३ लाखको लागत रहने जनाईएको छ । ६ आनामा निर्माण हुने सामुदायीक भवनको पहिलो तलामा सभाहल र दोस्रो तलामा २ कोठा रहने छन् ।

राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।
