प्रमुख प्रशासकीय अधिकृत घर्तीलाई पुतलीबजारमा स्वागत

आँधिखोला सेरोफेरो समाचार समाज

प्रमुख प्रशासकीय अधिकृतको रुपमा पुतलीबजार नगरपालिकाको कार्यालयमा आउनुभएका रमेश घर्तीलाई एक कार्यक्रमका विच पुतलीबजार नगरपालिकाले स्वागत गरेको छ । प्रमुख प्रशासकीय अधिकृत घर्तीलाई स्वागत गर्दै पुतलीबजार नगरपालिका प्रमुख सिमाकुमारी क्षेत्रीले पुरा हुन नसकेका कामहरु नयाँ प्रमुख प्रशासकीय अधिकृत घर्तीबाट पुरा हुने विश्वास लिईन् ।

उनले प्रमुख प्रशासकीय अधिकृत अनुभवी भएको बताउदै पुतलीबजार नगरपालिकाले गर्न नसकेका कामहरु उघर्तीका पालामा सम्पन्न गर्ने बताईन् । नगरप्रमुख क्षेत्रीले कर्मचारी र जनप्रतिनिधिको सम्बन्ध नग र मासुको जस्तो भएमा सेवाग्राहीले छिटो सेवा पाउने बताईन् ।

नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले सेवा प्रभाहमा कुनै कसर बाकी नराख्ने प्रतिवद्धता जनाए । स्वागत कार्यक्रममा उपप्रमुख महेश पुरी, शिक्षा शाखा प्रमुख बाबुराम बराल र योजना अनुगम तथा सूचना अधिकारी ताराचन्द्र ढकाल लगाएतले मन्तव्य राखेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.