

जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनको सङ्घर्ष र बलिदानबाट नै अहिलेको परिवर्तन भएको अर्जुनचौपारी गाउँपालिकामा बताइएको छ । गाउँपालिका गाउँसभाको १७ औं अधिवेशनमा बुधबार गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा विगतका लडाई, बलिदानीबाटनै अहिलेको उपलब्धी आएको बताएका छन् ।
गाउँपालिकावासीहरूले अनुमोदन गरेको कार्यकालको तेस्रो वर्ष सफलतापूर्वक पूरा गरी गरेको बताउदै तिवारीले तीन वर्षको अवधिमा वितरणमुखी कार्यक्रमहरू, अनावश्यक संरचना निर्माण र फजुल खर्चमा नियन्त्रण गरी बचत भएको स्रोतलाई शिक्षा, स्वास्थ्य र पूर्वाधारजस्ता दीर्घकालीन महत्वका क्षेत्रहरुबाट सकारात्मक परिणाम सबैका सामु स्पष्ट र प्रेरणादायी रूपमा देखिएको तिवारीले नीति तथा कार्यक्रममा बताए ।
गाउँपालिकाका हरेक निर्णय पालिकाको समुन्नत भविष्य हेरेर गरिने नीति लिएको बताउदै तिवारीले क्षणिक लोकप्रियता र लाभको पछि नलागी गाउँपालिका बासीहरूको सुरक्षित तथा गर्बिलो भविष्य निर्माण गर्न, वर्तमानमा सुधार गर्दै, भविष्यलाई दिशा निर्देश गरेका छन् । राजस्वमा बृद्धि, लिजा र एफआरएमा पहिलो बढ्दो वित्तीय अनुशासन एवं सुशासनका कारण अर्जुनचौपारी गाउँपालिकाको आन्तरिक राजस्व यस वर्ष १६ प्रतिशतले बढेको छ भने बेरुजुको आकार वार्षिक रुपले घट्दो छ ।
कामकै आधारमा गत वर्ष झैँ स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन मा सर्वोत्कृष्टको ताज पालिका पहिरिएको छ । व्यक्ति विशेषको भर पर्ने प्रणाली होइन, संस्थाहरू बलियो हुने प्रणाली निर्माण गर्ने दिशामा अघि बढिरहेको बताउदै संस्थागत सुदृढीकरणमार्फत मात्र पारदर्शिता, जवाफदेहिता, सुशासन र नागरिक भरोसा कायम गर्न सकिन्छ भन्नेमा स्पष्ट रहेको बताइएको छ ।
शिक्षामा फ्ड्को १७ प्रतिशत विद्यार्थी पालिका स्तरीय परीक्षामा उत्तीर्ण भएको यहाँ गत वर्ष ९७ प्रतिशत सफलता हासिल हुनु अर्जुनचौपारीको शिक्षा सुधारको स्वर्णिम सङकेत हो । बदलिँदो विश्वपरिवेशमा केवल नतिजाको अङ्कमामात्र सन्तुष्ट हुने अवस्था नरहेको र नतिजामा मात्र केन्द्रित नभएर विद्यार्थीको सर्वाङ्गिण विकासमा केन्द्रित रहने बताइएको छ ।
स्रोतको अभावले यस वर्ष सम्पूर्ण विद्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गर्न नसकिए पनि आगामी वर्ष हामीले सो विषयलाई प्राथमिकतामा राखिएको छ । शैक्षिक गतिविधिको सुदृढीकरणका लागि विद्यार्थी तथा अभिभावकलाई विद्यालयका सम्पूर्ण क्रियाकलापमा पहुँच सुनिश्चित गरी पारदर्शिता कायम र प्रत्येक विद्यालयमा सूचना अधिकारी तथा गुनासो सुन्ने अधिकारीको व्यवस्था गरिने छ । असार १० गते सम्म नीति तथा कार्यक्रम ल्यानुपर्ने नीति अनुरुप यो पालिकाले असार २ गतेबाट अधिबेशन सुरु गरेको थियो । अर्जुनचौपारी गण्डकीमै पहिला नीति तथा कार्यक्रम ल्याउने पालिका समेत हो ।
Facebook Comments Box

राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।
