हिमान्शुको बर्थ डे मनाउने स्मार्ट शैली : मानव सेवा आश्रममा खाद्यान्न सहयोग

News समाचार समाज

फजुल खर्च गरेर बर्थ डे मनाउने प्रचलन रहेका बेला
इन्जिनियर हिमान्शु अर्यालले आश्रममा खाद्यान्न सामाग्री वितरण गरि बर्थ डे मनाएका छन । खुमा अर्याल फाउन्डेसन स्याङ्जाका सस्थापक परिवारका उनले मंगलबार आफ्नो २३ औ जन्मोत्सव पोखरा महानगरपालिका २५ हेम्जामा रहेको मानव सेवा आश्रममा खाद्यान्न सामग्री वितरण एवम् निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम गरि मनाएका हुन ।

जन्मोत्सवको अवसरमा खुमा अर्याल फाउन्डेसन स्याङ्जाको आयोजना र रोट्र्याक क्लब अफ नक्साल शक्तिको समन्वयमा आयोजित कार्यक्रममा ५० हजार बराबरका चामल, तेल, दाल, चिनी, फलफुल लगायतका खाद्यान्न सामग्री आश्रमलाई प्रदान गरिएको थियो भने गण्डकी मेडिकल कलेजका चिकित्सकको टोलिले सो आश्रममा रहेका बिरामीहरुको निशुल्क स्वास्थ्य परिक्षण गरेका थिए ।

सो अवसरमा बोल्दै फाउन्डेसन सस्थापक परिवारकी सदस्य एवम् रोटरी क्लब अफ नक्साल शक्तीकि संस्थापक अध्यक्ष डा लुना अर्यालले जन्मदिन मनाउदै गर्दा सामाजिक उत्तरदायित्व सम्झेर यसरी मनाउनु सुखद कुरा भएको बताइन । हिमान्शुलाई जन्मदिनको शुभकामना व्यक्त गर्दै उनले यसबाट समाजमा सकारात्मक सन्देश प्रवाह हुने बताइन । कार्यक्रममा रोट्यार्याक्ट क्लबका सिजन अर्यालले जन्मदिनको शुभकामना व्यक्त गर्दै सहयोगको आवश्यकता औल्याएर यसरी सहयोग गर्नाले मानव कल्याण हुने बताए ।

फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इ हिमान्शु अर्यालले धन्यवाद ज्ञापन एवम् कार्यक्रमको संचालन फाउन्डेसनकि सल्लाहकार एवम् सुचना अभियान केन्द्र स्याङ्जाकि अध्यक्ष बन्दना लम्सालले गरेकी थिइन ।

फाउन्डेसनका सस्थापक परीवारका सदस्य हिमान्शु ब्राइटर युनिभर्सिटी बेलायतबाट सिभिल इन्जिनियरिङमा वर्ष २०२३/२४ का ब्याच टपर समेत हुन । युवा उद्यमिका रुपमा पाइला अघि बढाउदै गरेका हिमान्शुले आफ्नो परिवारको प्रेरणालाई साथ लिदै युवा उद्यमिको बलियो परिचय स्थापित गर्ने सोचमा रहेका छन ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *