

विश्व हिन्दु युवा सघ स्याङ्जाले “एक घर, एक गीता अभियान ” लाई निकै तिव्रताका साथ अघि बढाएको छ ।सो अभियान अन्तर्गत संघले शुक्रवार स्याङ्जाको अर्जुनचौपारी गाउपालिका वडा न ४ स्थित जन माध्यमिक विद्यालयका कक्षा ८ देखी १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई गीता पुस्तक वितरण गरेको हो ।
कार्यक्रममा विश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नबराज पौडेलले गीता पुस्तकबारे संगै विश्व हिन्दु युवा संघ स्याङ्जाले अहिले सम्म गरेका कार्यहरुको बारेमा जानकारी गराएका थिए । यस्तै, विद्यालयका प्रधानाध्यापक आत्मराम चापागाई, विद्यालयका शिक्षक नारायण काफ्लेले संघले गरेका कार्यको प्रशंसा गरेका थिए ।

संघले जिल्लामा विभिन्न रचनात्मक कार्यहरु गर्दै आएको छ । संघले स्याङ्जामा विद्यालय तहमा नैतिक शिक्षा लागु, एक पालिका एक सस्कृत पुस्तकालय, सस्कृत भाषा कक्षा सन्चालन, गीता पुस्तक वितरण अभियान, पृथ्वी जयन्तीमा सार्वजनिक बिदा जस्ता अभियान सन्चालन गर्दै आएको छ । सोहि कार्यक्रम अन्तर्गत संघले गीता वितरण अभियानलाई अगाडि बढाएको हो ।


पवन मरासिनी आँधिखोला एक्सप्रेस डटकमका संवाददाता हुन् ।