पुतलीबजार ११ का स्वतन्त्र उमेद्वार अर्यालले रेग्मीलाई समर्थन

आँधिखोला सेरोफेरो राजनीति समाचार समाज

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पुतलीबजार नगरपालिका ११ को अध्यक्षमा स्वतन्त्र उमेद्वारी दिएका उपेन्द्र अर्यालले नेकपा एमालेका उमेद्वार मोती रेग्मीलाई समर्थन जनाएका छन् । स्वतन्त्र उमेद्वार अर्यालका मागहरु रेग्मीले पुरा गर्ने प्रतिवद्धता जनाएपछी अर्यालले रेग्मीलाई समर्थ जनाएका हुन् ।

स्वतन्त्र उमेद्वार अर्यालले एमाले पुतलीबजार ११ का अध्यक्ष पदका उमेद्वार रेग्मीलाई समर्थन जनाउदै रेग्मीको पक्षमा मतदान गर्न आफ्नो समर्थकहरुलाई आग्रह गरेका छन् । नेपाली कांग्रेसले धेरै पटक जिते पनि जनताले कुनै सुविधा नपाएको बताउदै अर्यालले पुतलीबजार ११ मा कांग्रेसले जितेर काम नहुने बताए ।

स्वतन्त्र उमेद्वार अर्यालले एमाले पुतलीबजार ११ का अध्यक्ष पदका उमेद्वार रेग्मीलाई निम्न माग पुरा गर्न भनेका छन् । अर्यालले रैग्मीलाई आफुले पाएको सेवा सुविधा वडामा प्रयोग गर्ने, पार्क बनाउने, वडामा रहेको खानेपानी समस्या समाधान गर्ने र खेल मैदान तयार गर्न भनेका छन् ।

त्यसैगरी काम गर्दा सबै सग सरसल्लाह गर्ने, स्वास्थ्य चौकीमा डाक्टर र एम्बुलेन्सको व्यवस्था गर्ने र राजमार्गको क्षेउमा सुन्तला र कागती रोप्न पहल गर्ने माग अर्यालले रेग्मी समक्ष पेश गरेका छन् । रेग्मीले स्वतन्त्र उमेद्वार अर्यालका मागहरु क्रमश पुरा गर्दै जाने प्रतिवद्धता जनाएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *