

स्याङ्जाको पुतलीबजार नगरपालिकाको आयोजनामा
निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । पशु सेवा शाखाले आयोजना गरेको शिविर पुतलीबजार नगरपालिका वडा न ४ स्थित गणेशपुर स्वास्थ्य चौकीको प्राङ्गणमा सम्पन्न भएको हो ।
सम्पन्न शिविरबाट ५० कृषकका एक सय पचास पशुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको हो । शिविरमा बन्ध्याकरण, गोबर परिक्षण, निशुल्क औषधि वितरण, परामर्श लगायतका सेवा प्रदान गरिएको स्रोतले जनाएको छ ।

स्वस्थ पशुपन्छी, स्वस्थ जीवन, समुन्नत पुतलीबजार भन्ने नाराका साथ भएको शिविरमा निशुल्क औषधि वितरण गर्दै पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले नगरपालिकाले कृषकको हितमा विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको बताए । किसानहरुले यसबाट भरपुर सेवा लिनुपर्नेमा समेत प्रमुख रेग्मीले जोड दिए ।

कार्यक्रममा वडा सदस्यहरू पृथ्वी पोखरेल, मिना परियार लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यबहाक वडा अध्यक्ष अध्यक्षता लिलावती पौडेलको अध्यक्षतामा सम्पन कार्यक्रममा पशु सेवा शाखा प्रमुख पुष्पराज अधिकारीले स्वागत तथा कार्यक्रमबारे प्रकाश पारेका थिए भने युबराज मरासिनीले कार्यक्रम संचालन गरेका नगर प्रमुखको सचिवालयले जनाएको छ ।
सचिवालयबाट प्राप्त जानकारी अनुसार यसअघि
निशुल्क पशु स्वास्थ्य शिविर पुतलीबजारको वडा न १३ मा पनि सम्पन्न भएको थियो । शिविरबाट ८० किसानका २५० पशुको स्वास्थ्य परिक्षण गरिएको थियो । सो शिविर वडा अध्यक्ष जुद्द बहादुर थापाको अध्यक्षतामा भएको थियो भने नगर प्रमुख रेग्मी सहित वडा सदस्य लिल बहादुर थापा, शारदा नेपाली, सत्यरुपा अर्याल लगायतले मन्तव्य व्यक्त गरेका थिए । यस्तै कार्यक्रमको संचालन डा पुष्पा शर्माले गरेकी थिइन ।

पवन मरासिनी आँधिखोला एक्सप्रेस डटकमका संवाददाता हुन् ।