स्याङ्जामा घर घर जाऔं, कांग्रेस जितार्औ अभियान सुरु

आँधिखोला सेरोफेरो राजनीति समाचार समाज

नेपाली काँग्रेस स्याङ्जाले स्थानीय तहको चुनाव लक्षित गर्दै एक महिने अभियानको घोषणा गरेको छ । स्याङ्जा काँग्रेसले पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरि घर घर जाऔं, कांग्रेस जितार्औ भन्ने अभियान सुरु गरिएको हो ।

अभियानको शुरुवात गर्दै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ्ले कांग्रेसका नेता तथा कार्यकर्ता सबै चुनावी अभियानमा लागेर स्याङ्जाका सबै पालिकामा नेपाली कांग्रेसलाई बिजयी गराउन आग्रह गरे । नेपाली कांग्रेसले मात्र मुलुक र जिल्लाको बिकास गर्ने हुदाँ विकास र समृद्धीका लागि कांग्रेसले जित्नु पर्ने आवश्यकता रहेको उनले बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य एवं युवा नेता प्रदीप पौडेलले बिगतका तिक्तता विर्सेर नयाँ शिरावाट चुनावी अभियानमा जुट्न सुझाव दिए । कार्यक्रममा पूर्व सांसद खगेन्द्रराज रेग्मी र शंकरप्रसाद पाण्डे, गण्डकी प्रदेश उपसभपाति कल्पना तिवारी र प्रदेश सदस्य अजित क्षेत्री, कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार), महासमिति सदस्य तुलसी गिरी, महाधिवेशन प्रतिनिधि शिवकुमार गिरी र बिष्णु पौडेल, युवा नेता युवराज पाण्डे, प्रदेश सभापति प्रकाश तिवारी, गल्याङ् नगर सभापति श्याम बस्याल, आधीखोला गाउपालिका अध्यक्ष नरेन्द्रराज पौडेल, प्रवक्ता भरत लम्साल लगायतले शुभकामना सहित मन्तब्य ब्यक्त गरेका थिए ।

नेपाली कांग्रेस सभपाति राजु थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसभापति शेरबहादुर रानाले स्वागत एवं सचिव गुरुप्रसाद भट्टराईले संचालन गरेका थिए । आईतबारबाट संचालीत अभियान चैत २९ गतेसम्म संचालन हुने छ । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेसंगै काँग्रेसले एक महिने चुनावी अभियानका कार्यक्रम सुरु गरेको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *