



जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्याङजाको आयोजनामा पुतलीबजार नगरपालिका ६ टक्सारमा रहेको हिमालय मा.वि.मा १ दिने निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । ग्रामीण क्षेत्रमा सेवा प्रभाह गर्ने उद्देश्यले आयुर्वेद स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।
उक्त शिविरको उद्घाटन गर्दै हिमालय मा.वि.का व्यवस्थापन समितिका अध्यक्ष खड्कराज सुवेदीले आयुर्वेद सम्बन्धी शिविरहरु बेलाबेलामा हुनुपर्ने बताउदै शिविरले ग्रामीण क्षेत्रमा आयुर्वेद सम्बन्धी ज्ञान प्रभाह भएको बताए । उनले आयुर्वेद सम्बन्धी ज्ञान समाजमा प्रचार प्रसार गर्ने बेला आएको बताए ।

कार्यक्रममा विद्यालयका प्र.अ. दिपक ढकाल लगाएतले मन्तव्य राखेका थिए । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्याङजाका अध्यक्ष यज्ञप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन वरिष्ठ कविराज निरिक्षक देवेन्द्र आचार्यले गरेका थिए भने स्वागत मन्तव्य रत्नपुर आयुर्वेद औषधालयका आयुर्वेद चिकित्सक डा. तुुलसी श्रेष्ठले राखेका थिए ।

शिविरमा १९२ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो भने ल्याव सेवा र आयुर्वेदको पूर्व कर्म सेवा पनि संचालन भएको थियो । शिविरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका आयुर्वेद चिकित्सक डा. सुभद्रा कार्की र आयुर्वेद चिकित्सक डा. तुुलसी श्रेष्ठले विरामीहरुको स्वास्थ्य परिक्षण गरेका थिए ।

राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।
