



मालपोत कार्यालय स्याङजाले लिखत पारितको शतबार्षिकीको अवसरमा कार्यालय परिसरमा एक कार्यक्रम आयोजना गरेको छ । मालपोत कार्यालयले आफ्ना गतिविधि सेवाग्राही समक्ष पु¥याउन उक्त कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मालपोत कार्यालय स्याङजाका प्रमुख मालपोत अधिकृत शोभाकान्त पौडेलले जग्गा प्रशासनमा लिखित राजेष्ट्रशन पारित भएको १०० वर्ष पुरा भएको अवसरमा सुधारका कार्यहरुका बारेमा जानकारी गराएका थिए । नेपालमा भूमि व्यवस्था निकै पुरानो रहेको बताउदै समय र आवश्यकता अनुसार मालपोत कार्यालयहरु परिवर्तन हुर्दै गएको उनले बताए । उनले जग्गालाई व्यवस्थीत बनाउन र जग्गाको विवरण पारदर्शी बनाउन विभागले धेरै प्रयासहरु गरी नयाँ नयाँ कार्यक्रमहरु लागु गरेको बताए ।

कार्यक्रममा नायव सुब्बा महेश प्रसाद पराजुली र भु–सेवा केन्द्रका सचिव रामबन्धु भण्डारी लगाएतले मालपोत कार्यालयका कामहरुमा सुधारहरु आएको बताउदै अझै व्यवस्थीत बनाएर जानुपर्ने धारणा व्यक्त गरे । मालपोत अधिकृत शोभाकान्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नायव सुब्बा प्रकाशकुमार शर्माले गरेका थिए ।

लिखत पारितको शतबार्षिकीको अवसरमा भएको कार्यक्रम बैशाख २ गते सम्म संचालन हुने कार्यालयले जानकारी दिएको छ । मालपोत कार्यालय स्याङजा नमुना मालपोत कार्यालयमा रुपान्तरण भए सगै मालपोत कार्यालयमा धेरै सुधारका कामहरु भएका छन् । मालपोतको सेवा अनलाईन र डिजिटलमा गए सगै सेवाग्राहीहरुको काम पारदर्शी तरीकाले छिटो हुने गरेको सेवाग्राहीको भनाई छ ।

राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।
