आँधिखोला गाउँपालिकाको अध्यक्षमा एमालेबाट पौडेल सिफारिस

आँधिखोला सेरोफेरो राजनीति समाचार समाज

बैशाख ३० गते हुने स्थानीय तहको चुनाबको मिति नजिकिदै जादा आँधिखोला गाउँपालिकाको अध्यक्ष पदको उमेद्वारका लागि नेकपा एमालेबाट जिल्ला उपसचिव विश्व पौडेलको नाम सिफारिस भएको छ । पालिका अध्यक्ष पदको उमेद्वारका लागि पौडेलको नाम निर्विरोध सिफारिस भएको हो ।

नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य तथा आँधिखोला गाउँपालिका अध्यक्ष सुधिर पौडेलको प्रमुख आतिथ्यमा भएको भेलाले सहमतिका आधारमा पालिकाको उपाध्यक्षमा सीता थापाको नाम पनि सिफारिस गरेको छ । सोही भेलाले आँधिखोला गाउँपालिकाका सचिव शिव पौडेलको संयोजकत्वमा ५ सय १ सदस्यी निर्वाचन परिचालन समिति समेत गठन गरेको छ ।

निर्वाचन परिचालन समितिको सहसंयोजकमा चनकऋषि लामिछाने र सचिवमा ओम प्रकाश सापकोटा रहेका छन् । साथै सोही भेलाले दिपेन्द्र पौडेल संयोजक रहने गरि ३ सय १ सदस्यीय निर्वाचन प्रचार प्रसार समिति गठन गरेको नेकपा एमाले आँधिखोलाले नजाएको छ ।
पालिकाको अध्यक्ष र उपाध्यक्षको टुंगो लागे सगै वडाहरुमा अध्यक्षहरुको पनि नाम टुंगो लागेको छ ।

वडा नं. १ को उमेद्वारमा पबनकाजी अधिकारी, २ मा कमल प्रसाद पौडेल, ४ मा सिह बहादुर क्षेत्री, ५ मा कृष्ण पनेरु र ६ मा यदु ढकालको नाम टुंगो लागेको छ । ६ वटा वडा रहेको आँधिखोला गाउँपालिकामा ३ नं. वडामा भने टुंगो लाग्न बाँकी रहेको छ । २०७४ सालमा भएको स्थानीय तहको चुनावमा आँधिखोला गाउँपालिकामा एमाले निर्वाचित भई नेपाली कांग्रेस र माओवादी केन्द्र क्लीन स्वीप भएका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *