भित्ते पात्रो बिमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

मनोरंजन समाचार समाज

पोखरा नवलपुर सम्पर्क समाजले नववर्ष २०७९ सालको पावन अवसरमा भित्ते पात्रो बिमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।पोखराको न्युरोडमा अवस्थित इजि एकेडेमीको सभा हलमा भयको थियो ।

उक्त कार्यक्रममा समाजसेवी शेर बहादुर ठाडा मगरले पोखरा नवलपुर सम्पर्क समाजले गरेका गतिबिधिहरु प्रति खुशी ब्यक्त गरेका थिए । उनले आगामी दिनमा समाजले गर्न सम्पूर्ण कार्यक्रमहरुलाई जस्तो सुकै सहयोग गर्न आफु तयार रहेको बताउनुको साथै सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

समाजका अध्यक्ष ईश्वर श्रेष्ठले पोखरा नवलपुर सम्पर्क समाजले नवलपुर जिल्ला स्थाई घर भई हाल पोखरामा हुने सम्पूर्ण ब्यक्तित्वहरु बिच घनिष्टता, आत्मियता बढाउने र सुख दुखमा सहयोग हुने बताए । उनले सबैको सहयोग, सद्भाब र सहकार्यले मात्र समाजले पूणँता पाउने बताए ।

समाजका अध्यक्ष ईश्वर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव श्रीकृष्ण श्रेष्ठले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष मणी प्रसाद डुम्रेले राखेका थिए । उक्त कार्यक्रको उद्देश्य बारे समाजका उपाध्यक्ष मिन बहादुर भन्डारी (मिलन)ले प्रकाश पारेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.