चापाकोटका युवालाई समाजिक संजाल प्रयोग सम्वन्धी प्रशिक्षण

आँधिखोला सेरोफेरो राजनीति समाचार समाज

नेकपा एमाले चापाकोट नगर कमिटीले एकदिने सामाजिक संजाल प्रयोग र लेखन शैली सम्वन्धी प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । समाजिक संजालको सही सदुपयोग गर्न भन्दै सामाजिक संजाल र लेखन शैली सम्वन्धी प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो ।

चापाकोट नगरभित्रका वटै वडाका करिव एक सय युवाहरुलाई प्रशिक्षण गराइएको नगर कमिटीका अध्यक्ष राजु कोइरालाले जानकारी दिए । नेकपा एमाले प्रदेश कमिटीका सचिवालय सदस्य सरस्वती भट्टराईले पाछिल्लो समय सामाजिक संजालको दुरूपयोग बढेको बताईन् ।

लेखकलाई मन लागेको र तथ्यहिन विषयबस्तुले समाजमा नकारात्मक असर पारेको भट्टराईको भनाई थियो । व्यक्तिगत आरोप लगाउने र नभएका विषय बस्तु हावी गराउने प्रवृत्ति बढ्दै गएको उनको भनाई थियो । उक्त कार्यक्रमको सहजीकरण प्रेस चौतारी नेपाल स्याङ्जाका अध्यक्ष सुशील सुवेदीले र साइवर सर्कलका जिल्ला संयोजक राजु काफ्लेले गरेका थिए ।

यस्तै सोही कार्यक्रममा दिपक बस्यालको संयोजकत्वमा १३ सदस्यिय साइवर सर्कल चापाकोट कमिटी गठन गरिएको छ । कार्यक्रमको अध्यक्षता युवा संघ नेपाल चापाकोट नगरका अध्यक्ष चन्द्र खाम्चाले गरेका थिए भने नेकपा एमाले नगर सचिव राजु भट्टराईले कार्यक्रम संचालन गरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.