



राष्ट्रिय प्रजातन्त्र पार्टी फेदीखोला तथा राप्रपा जिल्ला कमिटी स्याङ्जाले फेदीखोला गाउँपालिकाको स्वास्थ्य चोैकीलाई अक्सिजन कन्सन्ट्रेटर लगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । राप्रपा फेदीखोलाले आयोजना गरेको एक कार्यक्रम बिच गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीलाई हस्तान्तरण गरिएको हो ।
पछिल्लो समय पुनः कोरोना भाइरस फैलिन थाले पछि जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य सामग्री सहयोग गरेको जनाइएको छ । कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य हिकमत जंग कार्की, गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी, राप्रपा फेदीखोलाका अध्यक्ष झपट अधिकारी, पुर्व जिल्ला बिकास समिति शभापति मदन बहादुर कार्की लगायतले आ–आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा राप्रपा जिल्ला कमिटी अध्यक्ष इन्द्र प्रसाद गुरुङ, गाउँपालिका अध्यक्ष ऋषि लामिछाने, जिल्ला सह– सचिव हिमनाथ रेग्मी र राप्रपा युवा संगठनका सदस्य गोविन्द थापा लगायतको उपस्थिति रहेको थियो । यस्तै कार्यक्रममा गाउँपालिकामा उपाध्यक्ष देउकुमारी गुरुङ र फेदीखोला गाउँपालिका वडा न. २ का अध्यक्ष अभिलाष गुरुङ, राप्रपा युवा संगठनका केन्द्रीय सदस्य लक्ष्मण कुंवरको पनि उपस्थिति रहेको थियो ।

स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका केन्द्रिय सदस्य तथा युवा नेता कार्कीले मंसिर ४ गते हुने प्रतिनिधि सभाका लागि स्याङजा क्षेत्र नम्बर १ बाट उमेद्वार बन्ने मनस्थीती भएको आँधिखोला एकस्प्रेस डटकमलाई बताए । उनले आफुलाई विजयी बनाउन समेत निर्वाचन क्षेत्र नं. १ बासीमा अनुरोध गरे ।

राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।
