पुतलीबजारमा राष्ट्रपति रनिङ शीलड खेलकुद प्रतियोगिता सुरु

आँधिखोला सेरोफेरो मनोरंजन समाचार समाज

पुतलीबजार नगरपालिकाको आयोजनामा राष्ट्रपति रनिङ शीलड खेलकुद प्रतियोगिता शुक्रवारदेखि सुरु भएको छ । पालिका भित्र रहेका नयाँ खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले पुतलीबजार नगरपालिकाको मालेबगरमा राष्ट्रपति रनिङ शीलड खेलकुद प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको उदघाटन गर्दै संघिय सांसद नारायणप्रसाद मरासीनीले खेलकुदका माध्यमबाट नगरपालिका र जिल्लातहसम्म पहिचान बढाउन यस्ता प्रतियोगिता आवश्यक रहेको बताए । उनले स्वस्थ्य रहनका लागि पनि खेलकुदको आवश्यकता रहने औल्याउदै नेपालले अन्तराष्ट्रिय जगतमा समेत आफनो देशको नाम राख्न सफल भएको बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजु पौडेल, जिल्ला समन्वय अधिकारी ऋषिराम आचार्य, नेकपा एमालेका नगर अध्यक्ष भरत गोदार, नेपाली कांग्रेसका नगर सभापति सुरज अधिकारी, नेकपा माओवादी केन्द्रका नगर उपाध्यक्ष मित्रबन्धु पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष जयनारायण श्रेष्ठ, शिक्षक महासंघका उपाध्यक्ष बन्दना लम्साल, प्रधानाध्यापक मुक्ति रेग्मी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

पुतलीबजार नगरपालिका प्रमुख सीमा क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख महेश पुरीले स्वागत एवं शिक्षा अधिकृत गोबिन्द सुवेदीले संचालन गरेका थिए । चार दिन सम्म संचालन हुने प्रतियोगितामा एथलेटिक्स, छात्र छात्रा भलिवल लगाएतका प्रतियोगिताहरु हुने पुतलीबजार नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम बरालले जानकारी दिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *