



यही बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागी आईतबार र सोमबार उम्मेद्धार मनोनयनको दर्ता समय तोकिएको छ । निर्वाचन आयोगले बैसाख ११ र १२ गते उम्मेद्धारी मनोनयनको दर्ताका लागी समय दिएको हो ।
यता स्याङ्जामा ११ स्थानीय तह रहेको जिल्लामा प्रमुख प्रतिष्पर्धी दल सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेले उम्मेद्धारी टुंगो लगाउन नसक्दा उम्मेद्धारी मनोनयनको पहिलो दिन निर्वाचन अधिकृतको कार्यालय प्राय शुन्य बन्यो । केहि साना दलले उम्मेद्धारी दर्ता गराएपनि मुख्य प्रतिष्पर्धीका रुपमा हेरिएका सत्ता गठबन्धन र एमालले मनोनयनका लागी अन्तिम दिन नै पर्खेका छन् । ११ पालिकाका प्रमुख पद पालिका प्रमुख उपप्रमुखमा सहमति नहुँदा आईतबार पहिलो दिन मनोनयन हुन नसकेको बुझिएको छ ।

यता वालिङमा एउटा पार्टीले मात्रै उम्मेद्धारी दर्ता गराएका छन् । मंगोल नेशनल पार्टीले ४ वडा अध्यक्ष सहित १० जनाले उम्मेद्धारी दर्र्ता गराएका हुन् । उता आँधीखोला गाउँपालिकामा भने गाउँपालिका अध्यक्षका लागी नेकपा एमालेबाट विश्व पौडेल र उपाध्यक्षका लागी सीता थापाले उम्मेद्धारी दर्ता गरेका छन् ।

पालिका परिसरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा ¥याली सहित पौडेल र थापाले उम्मेद्धारी दर्ता गराएका हुन् । एमालेले पालिका अध्यक्ष, उपाध्यक्ष सहित ६ वटा वडा अध्यक्षहरु र सदस्य सहित ३२ जनाको उम्मेद्धारी दर्ता गराएको निर्वाचन अधिकृत डिल्लीराम पौडेलले जानकारी दिए । आँधीखोलामा एमालेबाट वडा अध्यक्षहरुमा वडा नं. १ मा पवनकाजी अधिकारी, २ मा कमल पौडेल, ३ मा भक्तबहादुर केसी, ४ मा सिंहबहादुर क्षेत्रि, ५ मा कृष्णप्रसाद पनेरु र ६ मा यदुराज उपाध्याय सहित वडा सदस्यहरुले मनोनयन दर्ता गराएका हुन् ।
त्यस्तै पुतलीबजार नगरपालिकामा ३ जनाले मेयर, २ जनाले उपमेयर र ३ जनाले वडा अध्यक्षमा उम्मेद्धारी दर्ता गराएका छन् । मेयरमा स्वतन्त्रबाट अनुबर अलि मिया, मंगोल नेशनल पार्टीबाट सुर्यबहादुर थापा, राप्रपाबाट तुल सिंह ठकुरी, उपमेयरमा मंगोल नेशनलका पृथ गुरुङ र राप्रपाबाट डिलकुमारी शाहीले उम्मेद्धारी दर्ता गराएका छन् । वडा अध्यक्षहरुमा १ जना स्वतन्त्र, २ जना राप्रपाबाट उम्मेद्धारी दिनुभएको मुख्य निर्वाचन अकिृत वसन्तराज पौडेलले बताए । पुतलीबजारमा मेयर उपमेयर वडा अध्यक्ष तथा सदस्यहरु गरी १५ जनाले उम्मेद्धारी दिएका हुन् ।
त्यस्तै गल्याङमा मेयर उपमेयरमा ४ जनाले उम्मेद्धारी दिएको निर्वाचन अधिकृत काशीराम गैह्रेले जानकारी दिए । मंगोल नेशनल अर्गनाईजेसनबाट मेयरमा लोकबहादुर पल्ली र उपमेयरमा डिलमाया थापाले उम्मेद्धारी दिएका छन् भने मौलिक जरोकिलो पार्टीबाट मेयरमा कमल न्यौपाने र उपमेयरमा गितादेवि अर्यालले उम्मेद्धारी दिएका छन् ।
उता सत्ता गठबन्धनतर्फ नेपाली कांगे्रसले पनि ६ पालिकामा अध्यक्षको उम्मेद्धारी टुंग्याएको छ भने ५ नगरपालिकामा प्रदेशले टुंग्याउने कांगे्रस जिल्ला प्रवक्ता भरत लम्सालले जानकारी दिए । पार्टीको विधान अनुसार पालिकाको उम्मेद्धारी जिल्ला समितिले गर्ने र नगरपालिकाको हकमा प्रदेशले निर्णय गर्ने भएकाले बेलुका उम्मेद्धारी टुंग्याएर सोमबार उम्मेद्धारी दर्ता प्रवक्ता लम्सालले बताए ।

राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।
