अलिद्धारा कांग्रेस परित्याग, पुतलीबजारको मेयरमा उमेद्वारीको घोषणा

आँधिखोला सेरोफेरो राजनीति समाचार समाज

पुतलीबजार नगरपालिका १४ (हाल पुतलीबजार नगरपालिका–१ अभियानपथ) निवासी अनुवर अलिले नेपाली कांग्रेस परित्याग गरी पुतलीबजार नगरपालिकाको मेयर पदमा उमेद्वारी घोषणा गरेका छन् ।

अलीले करिब २० वर्षे कांग्रेसको राजनितीबाट विदा लिदै स्वतन्त्र उमेद्वारको रुपमा पुतलीबजार नगरपालिकाको मेयर पदमा उमेद्वारी घोषणा गरेका हुन् । उनी २०५९ सालबाट नेपाली कांग्रेस पार्टीमा आवद्ध भएका थिए ।

नेपाली कांग्रेसले आफ्ना कार्यकर्ताहरुको हितमा काम गर्न नसकेको र कार्यकर्ताहरुलाई संरक्षण गर्न नसकेकोले आफ्ले पार्टीको साधारण सदस्य समेत नरहने गरि नेपाली कांग्रेस परित्याग गरेको बताए ।

उनले आँधिखोला एक्सप्रेस डटकम सग कुरा गर्दै पुतलीबजार नगरपालिकाको मेयर पदमा स्वतन्त्र तर्फ उमेद्वारी दर्ता गर्ने समेत बताए । पुतलीबजार नगरपालिकाको विकासमा काम गर्नको लागि आफुलाई विजयी बनाउन नगरबासी, आमा बुवा, दाजुभाई, दिदि बहिनीहरु र आफन्त सग अनुरोध गरे ।

अलि पार्टी सदस्य, क्रियाशिल सदस्य, नेपाल तरुण दल पुतलीबजार नगरपालिका–१४ को वडा अध्यक्ष र नेपाल तरुण दल पुतलीबजार नगरको अध्यक्षका रुपमा काम गरिसकेका छन् । उनले यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पुतलीबजार नगरपालिका–१४ मा कांग्रेसको तर्फबाट अध्यक्ष पद माग गरेका थिए ।

२०३० साल बैशाख १९ गते आमा खातुन मियाँ र बुवा मुहम्द अलिका छोराका रुपमा जन्मेका अलि समाजसेमा र व्यापार व्यवसाय गर्दै आएका छन् । उनका १ श्रीमती ३ छोरा र २ छोरी रहेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *