मन्त्रीमण्डल हेरफेर नभए प्रधानमन्त्रीबिरुद्ध गम्भीर कदम चाल्छौँ ः झलनाथ खनाल

राजनीति समाचार समाज

पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नयाँ मन्त्रीको शपथ आज नभए प्रधानमन्त्रीबिरुद्धमा गम्भीर कदम चाल्नुपर्ने बताएका छन् । आईतवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग बौल्दै सम्मानित नेता खनालले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रीमण्डल हेरफेर गर्नुपर्ने र पार्टीका केन्द्रिय, पोलिटब्यूरो र सचिवालय बैठकले गरेको निर्णयलाई अस्वीकार गरे गम्भीर कदम चाल्ने चेतावनी दिए । सम्मानित नेता खनालले आफूसँग अब पनि मन्त्रीमण्डल हेरफेर नगरेमा प्रधानमन्त्रीबिरुद्ध गम्भीर कदम चाल्नु बाहेकको विकल्प नभएको बताए ।

फरक प्रसंगमा सम्मानित नेता खनालले मुख्यमन्त्री फेरबदलको कुरा शुरुवाती सम्झौता बमोजिम हुने पनि बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *