



स्याङजा निर्वाचन क्षेत्र १ को क मा माओवादी केन्द्रबाट अमृता थापा मगरका नाम अन्तिम टुङगो लागेको छ । मंसिर ४ गते हुनु निर्वाचनका लागि निर्वाचन क्षेत्र नं. १ को क मा थापाको नाम टुङगो लागेको नेकपा माओवादी केन्द्र स्याङजाका संयोजक प्रकाश न्यौपाने किरणले जानकारी दिए ।
गठबन्धनको भागबन्डा अनुसार निर्वाचन क्षेत्र नं. १ को क माओवादी केन्द्रको भागमा परेको थियो । यस अघिको निर्वाचनमा माओवादी कै दिपक चर्तीमगर एमाले माओवादीको गठबन्धनबाट विजयी बनेका थिए ।

विरुवा घर भएकी अमृता थापा मगर यस अघि माओवादी केन्द्रको समानुपातीकबाट २ पटक सम्म संघिय साम्सद बनेकी थिईन् । थापा मगर संघिय साम्द बन्दै गर्दा विकास निर्माणको कुनै काम नभएको मतदाताको गुनासो रहेको छ ।

Facebook Comments Box

राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।
