पुतलीबजार नगरपालिकाको कार्यालयले पुतलीबजार नगरपालिका १४ लामागेमा लामा कन्ट्रक्सनलाई अबैध क्रसर उद्योग स्थापना गर्न अनुमति दिए सगै जिल्लाको सुरक्षा बैठकमा चर्चा भएको छ । लामागेमा अबैध क्रसर उद्योग स्थापना तथा अबैध उत्खनन् हुदा जिल्ला प्रशासन कार्यालय मौन बसेको छ भने जिल्ला प्रहरी कार्यालय भने सुरक्षामा खटिएको हो ।
विपदमा परेकाहरुलाई राहात दिने तयारीमा बसेको सुरक्षा बैठकमा पालिकाले अबैध क्रसर र अबैध उत्खनन् गर्दा सरोकारवाल निकायहरु मौन बसेकोमा बैठकमा सहभागि एक सदस्य असन्तुष्टी जनाएका थिए । उनको जिज्ञासामा प्रहरी उपरिक्षक शालिग्राम शर्माले पुतलीबजार नगरपालिको बचाउन गरेको बैठकमा सहभागि उनले बताए ।
बैशाख १६ गते पुतलीबजार नगरपालिकाको कार्यपालिका बैठकले लामागेमा पुलको मापदण्ड विपरीत अबैध क्रसर राख्न लामा कन्ट्रक्सनलाई अनुमति दिएको थियो । नेपालको कानुनमा वनजंगल, घनाबस्ती, पुल र स्कुलको पाच सय मिटर भित्र क्रसर राख्न नपाईने व्यवस्था भएपनि पालिकाले कानुनको खिल्ली उढाउदै अबैध उत्खनन् र क्रसर राख्न अनुपति दिएको छ ।
सुरक्षा बैठकमा एसपी शर्माले तनाव भएको र तनाव व्यवस्थापन गर्न आफु केही दिनका लागि पोखरा लाग्ने बताएका थिए । पालिकाले क्रसर राख्न र उत्खनन् गर्न अनुमति दिएकोमा प्रहरी र प्रशासनको चौतर्फी विरोध भएको छ । आँधिखोला दोहन र मापदण्ड विपरीत क्रसर उद्योग स्थापना हुदाँ समेत प्रहरी र प्रशासन मौन बस्नु आर्थिक चलखेल भएको हुन सक्ने संर्घष समितिका अग्नीप्रसाद भण्डारीको अनुमान छ ।
पुतलीबजार नगरपालिकाले पुतलीबजार नगरपालिका १ शिक्षाचोक देखी बहाकोट सम्मको सडक कालोपत्रेको लागि टेण्डर आवाह्न गरेको थियो । सोही आयोजनामा आवश्यक पर्ने निर्माण सामाग्री पालिकाले व्यवस्था गर्नुपर्ने भएकाले उत्खनन् र क्रसरका लागि अनुमति दिएको पालिकाले जनाएको छ ।
राेशन लामिछाने आँधिखोला एक्सप्रेस डटकमका अध्यक्ष हुन् ।